तेजश्वि ज्वेलर्स प्रा.लि.का संचालक तथा सुरक्षा गार्डले पत्रकार सामु माफी मागे

पोखरा, २० कार्तिक
पोखरा ट्रेड मलमा रहेको तेजश्वि ज्वेलर्स प्रा.लि.का संचालक राजकुमार सुनार तथा सुरक्षा गार्ड प्रदिप राई र रुद्र रानामगर ले पत्रकार सामु माफी मागेकाछन् । नेपाल पत्रकार महासंघ कास्की शाखाका कोषाध्यक्ष एवं पोखरेली न्यूज साप्ताहिकका सम्पादक, रेडियो अन्नपुर्णकर्मी संजय मल्ल र न्यूज ट्वान्टीफोर टिभिका उत्तम पौडेल माथि आइतबार दुरव्यहार गर्ने प्रा.लि.का संचालक सुनार र सुरक्षा गार्डले जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा सोमबार माफि मागेका हुन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको समन्वयमा दुबै पक्ष बिच छलफल भए पछि प्रा.लि.का संचालक र सुरक्षा गार्डले आगामी दिनमा पत्रकार सहितका अन्य व्यक्तिहरु माथि दुरव्यहार नगर्ने गरी माफी मागेका हुन् । आईतबार भएको दुरव्यवहार पछि प्रा.लि.का सुरक्षा गार्ड रुद्र राना मगरलाई प्रहरीले आइतबार देखि सोमबारसम्म नियन्त्रणमा लिएको थियो । पोखरा ट्रेड मलका सुरक्षा गार्ड राईले पत्रकार माथि हातपात गरेका थिए । उनीहरुले कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर राना सामु माफि मागेका हुन् । दुरव्यहार गर्ने सुरक्षा गार्ड जेट सेक्युरिटी कम्पनीका हुन् ।

यसैबिच, यस घटना प्रति नेपाल पत्रकार महासंघले गम्भिर ध्यान आकर्षण भएको जनाएको छ । आगामी दिनमा यस्ता हरकत नदोहोराउन, पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन, स्वतन्त्र ढंगले पत्रकारिता गर्ने वातावरण सृजना गर्न महासंघ कास्की शाखाले प्रेस विज्ञप्ती मार्फत अपिल गरेको छ । पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरिएको महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । आगामी दिनमा पत्रकारलाई जो कसैले डर, धम्की तथा दुरव्यहार नगर्न महासंघले आग्रह गरेको छ ।

footwear exchange
You might also like

Comments are closed.