तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बने काठमाडौका सिजापती

पोखरा, १७ भदौ ।

पोखराको खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल बुल्समेन क्लबले पोखरामा आयोजना गरेको “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” अन्र्तगत काठमाडौ नेपाल व्यायम मन्दिरका मिलन बिक्रम सिजापती तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बनेका छन् ।

पोखरा रंगशाला स्थित नव निर्मित बहुउद्धेश्यिय कभर्डहलमा सम्पन्न प्रतियोगितामा सिजापती ८० केजी तौलमा प्रथम हुँदै फाइनल राउण्डको प्रतिष्पर्धामा पगेका उनले सबै तौल सुमहमा प्रथम हुने ६ जना प्रतियोगिलाई उछिन्दै मिष्टर बुल्समेन च्याम्पियन बनेका हुन । सिजापतीले नगद ३ लाख सहित बुल्समेन ट्रफी हात पारे ।

यसै गरि महिला फिटनेश तर्फ पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बज्र ननिता फिटनेश काठमाडौकी बिनिता राइ प्रथम हुँदै ४० हजार १ सय ११ नगद सहित ट्रफी जित्न सपल भइन भने फिजिकल फिटनेशकी सुजिता मानन्धर दोश्रो भइन् उनले ३० हजार १ सय ११ र मसल वल्र्ड जिम काठमाडौकी शोभा मानन्धर तेश्रो भइन उनले २० हजार १ सय ११ प्राप्त गरिन् ।
प्रतियोगितामा पुरुष ५५ केजी तौल सुमहमा नेपाल व्यायम मन्दिरका शुसिल विन्दुकार प्रथम भएका छन् । यसै गरि सोही प्रतिस्र्पाधामा मशल मेनिया फिटनेश काठमाडौका आवाज प्याुकरेल द्वितिय र बुटबल फिटनेशका सुनिल आले तृतिय भएका छन् । प्रतियोगितामा ६० केजी तौलमा पोखरा जायन्ट फिटनेशका मनोज केसी प्रथम, काठमाडौ नेपाल व्ययाम मन्दिरका रबी मर्हजन द्वितिय र भक्तपुर टोटल फिजिकल फिटनेशका किशन दास दिवाकार तेश्रो भए ।

यसै गरि ६५ केजी तौल सुमहमा बुटवल फिटनेशका मोतिलाल चौधरी पहिलो भएका छन । सोही प्रतिस्र्पाधामा काठमाडौ फिटनेश फष्र्टका रोजेज बर्जाचार्य द्वितिय र काठमाडौ डिभाइन फिजिकलका प्रज्वलमान शाक्य तृतिय भए । प्रतियोगितामा ७० केजी तौलमा मेगा जिम पोखराका भरत श्रेष्ठ प्रथम, काठमाडौ नेपाल व्यायमका सन्जिव कुमार श्रेष्ठ द्वितिय र विराटनगर पावर जिमका अमृत दमाई तृतिय भए । यसै गरि ७५ केजी तौलमा भक्तपुर पारामाउण्ट फिजिकलका प्रवेश श्रेष्ठ प्रथम, चितवन जिमका मरिचमान लामा द्वितिय र काठमाण्डौ रिभर फिल्ड जिमका अशोक मर्हजन तृतिय भएका छन ।
यसै गरि ८० केजीमा नेपाल व्यायमका मिलन विक्रम सिजापती प्रथम, झापा ग्यालेक्सी फिटनेशका ललित धिमाल द्वितिय र काठमाण्डौ न्यू फेल्यास फिटेशका नरेश मालाकार तृतिय भए । प्रतियोगितामा ८० केजी तौल भन्दा माथीको क्याटोगरीमा मोरङ पथरी फिटनेशका प्रकाश राई प्रथम, नेपाल मन्दिरका ग्रेस मर्हजन द्वितिय र रुपन्देही ह्युमर फिटेशका विष्णु कुमार निशाद तृतिय भए ।प्रतियोगितामा प्रत्येक तौल क्याटोगरीमा पुरुष तर्फ प्रथम, द्वितिय र तृतियले नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितमा बिजेताहरुलाई पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशी, बुल्समेन क्लबका संरक्षक सुनिल गुरुङ, संस्थापक अध्यक्ष बुद्ध गुरुङ, बुल्समेन हङकङका संरक्षक इश्वर गुरुङ, नेपाल शारिरक सुठन तथा फिटनेशका केन्द्रिय अध्यक्ष शिब लामिछाने, एचके एण्ड बिबिएका अध्यक्ष लोकराज लिम्बु, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कावा अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुदका अध्यक्ष याम गुरुङ लगाएतले बिजेता खेलाडीलाई पदक, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव ४० लाख खर्च लागेको बुल्समेन क्लब पोखराले जनाएको छ । प्रतियोगिता बाट बचत भएको रकमले पोखरा रंगशालामा शारिरिक सुगठन खेलमा यूवाहरुलाई आकर्षित गराउन एक आधुनिक व्यायमशाला निर्माण गरिने क्लबले जनाएको छ ।

प्रतियोगिताका लागि देश विदेश बाट समेत अर्थिक सहयोग प्राप्त भएको थियो । समापन कार्यक्रम बुल्समेन क्लबका अध्यक्ष नुना गुरुङको अध्यक्षतामा भएको थियो । दुइ दिन सम्म चलेको प्रतियोगितामा महिला र पुरुष गरि ८० जना खेलाडीको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.