त्यागको उपलब्धी – “बिना सन्तानकी आमा”

होमनाथ तिमिल्सिना

धेरैले प्रश्न गर्ने गरेका छन्, सफलता प्राप्तिको लागी कुन पुस्तक पढ्नु पर्छ,के गर्नु पर्छ ? सफलता कुनै पुस्तकबाट निकालीने कुरा होईन यो त निरन्तरको लगन र परिश्रमबाट प्राप्त हुने कुरा हो । यो सफलता कुनै पनि सामान्य चिजबाट प्राप्त कुरा होइन यो त मनको अनुभुति हो र त्यो तपाईको महसुस हो । तपाई कतिको सफल हुनुहुन्छ, त्यो तपाईले गर्नु भएको परिश्रम र त्यागमा निर्भर हुन्छ । जति ठुलो त्याग, जती ठुलो मेहेनत त्यति ठुलो सफलता । जीवन को अर्को नाम नै त्याग हो , जसले त्याग्न सिक्यो उसले पाउन सिक्यो । त्याग नै प्राप्तिको अर्को नाम हो ।

त्याग योगदान हो, त्याग बलीदानी हो, त्याग लगानी हो, त्याग परिश्रम हो, त्याग प्राप्तिको विउ पुँजी हो ,त्याग उपलव्धी र प्राप्तिको खुड्कीलो हो । त्यागको गरीमा महिमा त्यती धेरै छ की जो सामान्य क्षमताले भ्याउदैन । त्याग बिना यो संसार अपुरो छ । प्रकृतिले निशुल्क दिन आक्सिजन त कार्वनडायक्साईड त्याग पछी मात्र प्राप्ति हुन्छ । हामी सबै ले सोच्नु पर्ने कुरा यही नै रहेछ । नेपालीमा एउटा सुन्दर भनाई छ केही पाउनको लागी केगी गुमाउनु पर्दछ । हो त्यही गुमाउनु पनि त्यागको एउटा स्वरुप हो ।

घोगा मकै चहान्छौ भने ,दाना त्याग गर्न सक्नु पर्छ । दिपको उज्यालो चहान्छौ भने, सलाईको काटी त्याग्ने सहास चाहिन्छ । एउटा केटीले आफ्नो सुन्दरता र इच्छाको त्याग पछी आमा वन्छिन् । तर आफ्नो जीवन नै त्याग गरेपछी मात्र एक असल आमा बन्न सक्छिन् । जति गहिरो इनार त्यति स्वच्छ पानी भने जस्तै जति गहिरो त्याग त्यति ठुलो उपलव्धी , प्राप्ति ।

त्याग लाई दुई किसिमले लिन सकिन्छ
१. स्वार्थी त्याग
२.निस्वार्थी त्याग ।
त्याग पछीको उपलब्धीको आशा गरेर गरिन्छ भने त्यो स्वार्थी त्याग हुने रहेछ । स्वार्थी त्याग जुन हामी तुरुन्त र निश्चित पाउछौ । जस्तै पसलमा सामान किन्न जादा सामान लिनको लागी पौसा दिनु जरुरी छ नत्र पसलेले दिदैन हो यो स्वार्थी त्याग हो । यसले निश्चित कुरा त्याग गरेपछी निश्चित कुरा प्राप्ति हुन्छ । जस्तै हामीले बच्चाको ज्ञानको लागी लगानी गरेका हुन्छौ हो त्यो हामीले आफ्नो छोराछोरीको ज्ञान प्राप्तिको लागी गरेको नगद रुपैयाँको त्याग हो । त्यसबाट निश्चित कुरा प्राप्ति हुन्छ मात्र विद्यालय जाने अवसरको प्राप्ति । उसले कतिको शिक्षा र ज्ञान हासिल गर्छ त्यो उसको लगनमा भर पर्दछ ।

निस्वार्थी त्याग भनेको हामीले आफ्नो सन्तुष्टि र आनन्दको लागी गर्ने ति सबै सेवाहरु हुन् । सुद्व मन र अहङकार रहितको त्यागले बास्तविक सन्तुष्टी प्राप्ति हुन्छ त्यसको लागी अघात प्रेम र अपेक्षा रहित साधना हुन जरुरी छ , त्यो त्याग महान हुन्छ । निश्चित अपेक्षा नगरिकन गरिने त्याग नै उच्चतम त्याग हो । प्रकृति दयालु छिन् जति त्याग्न सकिन्छ त्यसको सय गुना भन्दा बढी हामीलाई नै दिन्छिन् तर अपेक्षा हुन भएन ।

jutta mela

हातमा मुठ्ठि पारिएको छ भने त्यसमा माथिबाट केही पनी थप्न सकीदैन तर मुठ्ठी खाली छ भने जे पनि राख्न सकिन्छ । १० हजार लीटरको ड्रममा भरि पानी छ तर त्यसमा बिर्को खोल्न मिल्दैन भने त्यसको के काम बरु २ लीटरको पानीको बोतल ठिक हुन्छ विर्को खुल्ला छ भने त्यसबाट झिक्न पनि मिल्छ त राख्न पनि मिल्छ । र त्यसको महत्व पनि हुन्छ हो त्यही हो त्यागको कुरा धेरै भएर त्यग्न नमिल्नु भन्दा थोरै भएर त्यागको महत्व हुन्छ ।

यो संसारमा त्याग्नेहरुले धेरै पाएको उदाहरण छ । जो यो संसारमा अमर छन्

महात्मा बुद्ध
त्यगको कुरा गर्दा सबै भन्दा पहिला महात्मा बुद्ध आउनुहुन्छ। आज भन्दा २५०० बर्ष पहिला आफ्नो भएको राज खान्दान, श्री सम्पति, परिवार , आमाबाबा, श्रीमती, नाबालक छोरा सबै छोडेर आफ्नो खोजमा निस्कीए, हुन त सबै कुरा त्याग्नु भयो तर संसार सबै जित्नु भयो । “आप्पो दिप्प भव” । आफुलाई चिन आफुलाई खोज तिमी आफुमा खोजे संसार पाउने छौ आज संसार भगवान मान्न तयार छ संसारको आरबौ मानिस शन्तिका अग्रदुत भगवान गौतम बुद्धको नाममा परिचित छ धेरै लाई उनको बास्तविक नाम पनि थाहा नहुन सक्छ । उनको नाम सिद्धार्थ गौतम थियो । उनको त्याग , लगन, परिश्रम, र साधना बाट प्राप्त बुद्धत्वको नै नाम भयो गौतम बुद्ध । उनलाई Light of Asia को नाममा पनि परिचय दिने गरिन्छ ।

मदर टेरेसा
मदर टेरेसाको सामान्य परिवारमा जन्म भयो , उनले विवाह गरिनन् , सन्तान जन्माईनन् तर आज सारा संसारले उनलाई मदर अर्थात “आमा”को नामले पुकार्छन् । धेरै मानिसलाई उनको वास्तविक नाम पनि थाहा छैन । उनको कर्मको आधारमा उनको पहीचान छ मदर । उनले १९५० मा कोलकत्तामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन । ४५ वर्षसम्म गरिब,बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको सहयोग गरिन् । आफ्नो सम्पूर्ण जीवन नै त्यगी दिईन दीन दुखी ,असहाय, अशक्त , बेवारिसेको नाममा र विश्वले उनलाई “आमा” भनेर संबोधन गर्ने गर्दछ । १९९७ मा नोवाल शन्ति पुरस्कार र १९८० मा भरत रत्न बाट संम्मानित भईन । आफ्नो जीवन त्याग गरी दीन दुखीको सेवामा निस्वार्थ लागिन् तर संसारले सवै भन्दा ठुलो पुरस्कार दिलाए । टेरेसाको देहावसान सन् १९१० २६ अगस्ट, मा अल्बेनियाई परिवारमा भएको हो । मदर टेरेसाको बास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो ।

फ्लोरेन्स नाईटिंगेल
“Lady with the lamp” को नाममा परिचित फ्लोरेन्स नाईटिङगेल पेसाले नर्स थिईन् । बिरामीको अवस्थामा उनको ड्युटी टाइम हुन्थ्यो जबकी अरू साथिहरू घडीको सुईको आधारमा ड्युटी गर्ने गर्थे । नर्स भएर बिरामीका कपडा धुने ,खाना खुवाईदिने लगायतका सम्पूर्ण सेवा गर्थिन्, राती अबेर सम्म बत्ती हातमा लिएर बिरामीको सेवा गरेको कारण उनलाई ीबमथ धष्तज तजभ ीबmउ को नाम दिईयो । बदनामको रुपमा चिनिने पेसालाई संम्मानित पेसाको रुपमा चिनाईन् आज पनि संसारमा नर्सको नाम लिने बित्तिकै उनको नाम नै अगाडि आउँछ ।

यो संसारमा धेरै मानिसहरूको निस्वार्थ त्याग छ , यो हामीले महसुस गर्नु पर्दछ । कोहीले सृजना गरेर त्याग गरे ,कोहीले आविष्कार गरेर त्याग गरे , कोहिले निश्वार्थ सेवा गरेर त्याग गरे सबैले त्यतिनै प्राप्त गरे जुनको उनिहरु हकदार छन् । हामी पनि आफ्नो त्यागको दायरा बढाउदै जाऔँ निस्वार्थ त्यागको दायरा , हामीलाई पनि ईश्वर र प्रकृतिले त्यसको प्रतिफल दिनेछ जुन लागि हामी हकदार हुनेछौ मात्र आपेक्षा नराखीकन निस्वार्थ त्याग । यही त्याग जीवनमा प्राप्तिका लागी गरिने लगानी हो , यही त्याग आत्मा सन्तुष्टिको माध्यम हो । सकेको गरौ त्याग । “आफ्नो सेवा,साधना र त्यागद्वारा महान बनौँ,आफु पनि हाँसौ अरुलाई पनि हसाऔँ,आफु पनि बाचौँ अरुलाई पनि बचाऔँ।
जय मानवता

You might also like

Comments are closed.