त्रिदिवसिय अन्तर सदनात्मक खेलकुद तथा विविध कार्यक्रम सम्पन्न

पोखरा, ११ फागुन ।

वास्तोलाथरमा रहेको सिद्धार्थ लवडेल बोर्डिङ स्कुलमा विद्यालयको नियमित कार्यतालिका अनुसार अन्तर सदनात्मक खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ ।

त्रिदिवसिय रुपमा सम्पन्न उक्त कार्यक्रमलाई व्यवस्थापन समितिको अध्यक्ष चुना कुमारी खड्का एवं प्रमुख अतिथि राम वहादुर थापा, शिवराज पौडेल, हेमन्त अधिकारी र प्रार्चाय याम खड्काद्वारा मन्तव्य तथा दिप प्रज्वलन गरि समुद्घाटन गरिएको हो ।

खेलकुद प्रारम्भमा विद्यार्थीद्वारा आर्कषित ओलम्पिक ज्वाला तथा मार्च पास प्रस्तुत गर्दै अतिथि एवं अध्यक्षहरुलाई सलामि अर्पण गरि सुरुवात गरेका थिए । साथै विद्यालयका प्राचार्र्य याम खड्काले सबै विद्यालय परिवार प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

You might also like

Comments are closed.