त्रिदिवसीय कार्यक्रम गरी ‘जेसीज विकइण्ड’ मनाइदै

पोखरा, १२ बैशाख ।
‘फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौं’ नाराका साथ पोखरामा ‘जेसीज वीकइण्ड २०१८’ कार्यक्रम हुने भएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै जेसिजले विभिन्न कार्यक्रम गर्ने क्रममा उक्त कार्यक्रम आयोजना गरिएको बुधबार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । वीकइण्डको अवरसमा त्रिदिवसीय विविध कार्यक्रमको आयोजना गरिएकोछ ।

वैशाख १४ गते संसदीय प्रणाली तथा प्रभावकारी बैठक सम्वन्धी तालिम संचालन हुने कार्यक्रम संयोजक विनोद भुजेलले जानकारी दिए । कार्यक्रम पोखरा लेखनाथ महानगरपालिकाको सभाहलमा हुने उनले बताए । दोस्रो दिन वैशाख १५ गते निःशुल्क स्वास्थ्य परीक्षण ताथ दन्त परीक्षण गरिने संयोजक रविन पौडेलले जानकारी दिए ।

स्वास्थ शिविरमा पोखरा हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि. तथा डक्टर्स डेण्टल इम्प्लान्ट सेन्टरको प्राविधिक सहयोग रहने संयोजक विवेक पोख्रेलले बताए । अन्तिम दिन वैशाख १६ गते उत्कृष्ट शैक्षिक जीवन सम्वन्धी परामर्श तथा उत्प्रेरणा तालिम संचालन गरिने संयोजक भाइराज राना मगरले जानकारी दिए । नोभेल इन्स्टिच्युट पोखरा, हिसान नेपाल र गोल्डेनगेट कलेज सँग सहकार्य गरी उक्त कार्यक्रम गरिने सुमन पहारीले बताए ।

कार्यक्रम संचालनको लागि २ लाख ५० हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम संयोजक देवराज शर्माले जानकारी दिए । कार्यक्रम सम्पादन तथा भव्य रुपमा सफल पार्न विभिन्न संघ संस्थासँग समन्वय गरिएको शर्माले बताए । संस्थाका अध्यक्ष शिव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव गणेश गिरीले संचालन गरेका थिए ।

You might also like

Comments are closed.