त्रिपाठी परिवारलाई पितृ शोक

पोखरा, २२ मंसिर
वन विज्ञान अध्ययन संस्थान पोखराका सहप्राध्यापक हरिप्रसाद त्रिपाठी तथा मुस्ताङ जिल्ला अदालतका न्यायधीश बलराम त्रिपाठीलाई पितृ शोक परेको छ । उनीहरुका बुबा युवराज त्रिपाठीको ९५ वर्षको उमेरमा शुक्रबार बेलुका निधन भएको हो ।

कास्कीको साविक कालिका गाविसमा जन्मेका त्रिपाठीको पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकको आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय त्रिपाठीको शनिबार सेतीनदी किनार मोहरेखेरघाटमा अन्त्येष्टी गरिएको छ ।

त्रिपाठीका जेठा छोरा हरिप्रसाद, नेपाल कम्युनिस्ट पार्टी( नेकपा) को वन तथा वातावरण विभागका केन्द्रीय सदस्य हुन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...