त्रिलोक गुरुङद्धारा तमू साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार प्रदान

आर्थिक आवाज
पोखरा,१९ पुस
लमजुङको करापु स्थायी घर भई हाल हङकङ निवासी समाजसेवी यामकुमार गुरुङ (त्रिलोक)ले तमू साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति अक्षयकोषमा २ लाख ५० हजार रुपैंयाँ गरेका छन् । विहीवार पोखरामा भएको एक कार्यक्रमका बिच उनले आफना बाबा र आमाको नामबाट सो छात्रवृत्ति प्रदान गर्ने गरि रकम प्रदान गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै गुरुङले समाजसेवा आफनो रुचिको पाटो भएको बताए । सहयोग अन्त नभई शुरुवात भएको भन्दै आउने दिनमा पनि यस्तै खालको सहयोग गर्दै जाने बताए ।
तमू साँस्कृतिक प्रतिष्ठानको पहलमा नेपालका कास्की, लमजुङ, गोर्खा, रोल्पा, ताप्लेजुङ लगायतको ठाउँबाट ८१ जना गरिव तथा जेहेन्दार तमू बालबालिकाहरुले अध्ययन गरिरहेको तमू साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङले बताए । २०५८ सालमा स्थापना भएको सो संस्था नेपालका ग्रामिण भेगमा केन्द्रित भई शैक्षिक क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।

You might also like

Comments are closed.