त्रि.वि.प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसको निर्वाचन, प्रगतिशीलको बहुमत

आर्थिक आवाज
पोखरा, २३ मंसिर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस समितिको निर्वाचनमा ३३ वर्ष पछि प्रगतिशील पक्ष विजयी भएको छ । प्रगतिशील पक्ष २०४२ सालपछि अहिले प्राध्यापक संघमा विजयी भएको हो ।

क्रबार भएको समानुपातिक पद्धतिको निर्वाचनमा प्रगतिशील पक्षका प्राध्यापकहरुले ६ सिटमा विजयी भएको प्रगतिशील प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस कमिटीका सदस्य तथा उपप्राध्यापक विष्णुप्रसाद भण्डारीले बताए । समानुपातिक निर्वाचन पद्धती अनुसार भएको चुनावमा प्रजातान्त्रिक पक्षका प्राध्यापक ५ स्थानमा विजयी भएको छन् ।

प्रगतिशीलको तर्फबाट सहप्राध्यापक थानेश्वर सुवेदी, यादवराज उपाध्याय, हरिबहादुर भण्डारी, शकुन्तला पंगेनी, विजय अर्याल र पवित्रराज बराल निर्वाचित भएका छन् । प्रजातान्त्रिकको तर्फबाट प्रा.डा. अक्कलदेव मिश्र, अमिन पालिखे, खड्गबहादुर केसी, दीपेन्द्रराज रेग्मी र शैलेन्द्रकुमार मल्लिक विजयी भए ।
प्राध्यापक संघको सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष निर्वाचित सदस्यहरुमध्यको बहुमतबाट चयन गरिने भएकाले सम्पूर्ण पदाधिकारी प्रगतिशील समूहबाट आउने सम्भावना छ ।

पृथ्वी नारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन, कर्मचारीहरुको चुनावमा वाम तथा प्रगतिशील पक्षको वर्चश्व रहे पनि प्राध्यापक संघमा २०४२ साल यता प्रजातान्त्रिक पक्षले जित्दै आएको थियो । यस पटकको निर्वाचनमा नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अन्य वाम घटकहरुले एक भएर चुनाव लडेको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा टंकराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा प्रगतिशील प्राध्यापकहरुको तर्फबाट त्रिभूवन विश्व विद्यालय प्राध्यापक संघका केन्द्रीय सदस्य कालिदाश शर्मा, पूर्वक्याम्पस प्रमुख प्रा.डा. पशुपतिनाथ शर्मा तिमेल्सिना, प्रगतिशील प्राध्यापक सगठनका केन्द्रीय उपाध्यक्ष शेखरनाथ अधिकारी, केन्द्रीय सदस्यहरु डा गिरधारी सुवेदी, लालबहादुर कुँवर सयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा अधिकारी लगायतका वक्ताले प्राज्ञिक तथा पेशागत हक हितमा काम गर्न सुझाव दिए ।

त्रि.बि. प्राध्यापक संघ केन्द्रीय कोषाध्यक्ष ईन्द्र शर्मा, प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष कमलराज सापकोटा, प्रजातान्त्रिक प्राध्यापक संघका ईकाइ अध्यक्ष दीपेन्द्र पराजुली निवर्तमान अध्यक्ष प्रा.डा.बेदनाथ शर्मा र निर्वाचन मण्डलका संयोजक प्रा.डा. विष्णुप्रसाद पौडेल, सदस्य प्रा.डा. ज्ञान बहादुर कार्की र सदस्य नवराज बाँस्तोला लगायतले शुभकामना व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.