थप १५५९ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५९ थपिएका छन् । यस सँगै संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म १० लाख २१ हजार ५ सय ३ पिसिआर परिक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेकोे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ५६ हजार ४ सय २८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.