थप १९११ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म १० लाख ३३ हजार ९ सय ४७ पिसिआर परिक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेकोे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ६१दजना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ५७ हजार ३ सय ८९ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.