थप ३ जनामा कोरोना

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना देखिएको हो ।

हेटौंडामा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि काठमाडौंमा पुन परीक्षण गरिएको थियो । टेकुस्थित प्रयोगशाला पुनः परीक्षण गर्दा पनि उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

यस अगाडि नेपालमा ९ जनमा मात्रै कोरोना देखिएकोमा बढेर १२ पुगेको छ । तराई क्षेत्रमा समेत कोरोना देखिएपछि अब सरकारले झनै सतर्कता अपनाउने र लकडाउन बढाउने आँकलन गरिएको छ ।

You might also like

Comments are closed.