थमन परियार स्मृति प्रतिष्ठानमा तिवारी

पोखरा, ३१ भदौ ।

थमन परियार स्मृति प्रतिष्ठानमा लालमोहन तिवारी सर्वसम्मत चयन भएका छन् । पोखरा–२७, तालचोकमा सम्पन्न साधारण सभाले उनलार्ई उक्त संस्थाको अध्यक्षको जिम्मा दिएको हो ।

सभाले उपाध्यक्ष मा भीम बि.क., सचिवमा सन्तोष परियार, सहसचिव मा रामजी लामिछाने र कोषाध्यक्षमा लक्ष्मी परियारलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरु अर्जुन मल्ल र राजु परियारलाई चयन गरेको छ भने २ सदस्य पछि चयन गरिने निर्णय गरेको छ ।

त्यस्तै भेलाले पूर्व अध्यक्ष शम्भु खाती परियारको अध्यक्षतामा ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ जसमा किरण थापा पराजुली, बिष्णु माया परियार, विनय थापा, गोपाल लामिछाने र मेख बहादुर बि.क. रहेका छन् ।

कार्यक्रममा वक्ताहरुले शहिद थमन परियारका विभिन्न योगदान उपर चर्चा गरेका थिए भने उपस्थित सबैले नवगठित समितिलाई शुभकामना दिएका थिए ।
शम्भु खाती परियारको अध्यक्षतामा सम्पन्न सो भेलाको संचालन भीम बि.क.ले गरेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...