आर्थिक आवाज
पोखरा, १० जेठ । पोखराको चिप्लेढुंगामा रहेको थर्ड आइ एजुकेशन सेन्टरले आज शुक्रबार ‘आइएलटिस इन्फर्मेशन सेमिनार’ गर्ने भएको छ । थर्ड आइ एजुकेशनकै प्राङगणमा हुने सेमिनारको सम्पूर्ण तयारी पुरा भएको सञ्चालक ओमप्रकाश गैह्रेले जानकारी दिए ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनार आयोजना गरिएको हो । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आइएलटिएसको बारेमा जानकारी दिन सेमिनार आयोजना गरिएको हो,’ उनले भने, ‘आइएलटिएसका बारेमा आवश्यक सम्पूर्ण जानकारी सेमिनारमा प्रदान गरिनेछ ।’
Comments are closed.