आर्थिक आवाज
पोखरा, १५ भदौ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आकर्षक गन्तव्य बनेको छ । अष्ट्रेलिया जाने विद्यार्थीको संख्या बढेसँगै त्यहाँ जाने विद्यार्थीलाई लक्षित गरी परामर्श दिन फेयरहरु आयोजना गर्ने क्रम पनि बढेको छ ।
यसैक्रममा पोखराको चिप्लेढुङगामा ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको छ । थर्ड आई एजुकेसनले आफ्नै सेमिनार हलमा भदौ २० गते बुधबार फेयर आयोजना गरेको हो । फेयरमा अष्ट्रेलियाका १५ वटा भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने थर्ड आईका सञ्चालक ओमप्रकाश गैरेले जानकारी दिए ।
फेयरको बैंकिङ पार्टनर एनआइसी एसिया बैंक रहेको छ । ‘एउटै ठाउँमा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सिधैं परामर्श लिन पाइने भएकाले फेयर उपलब्धीपूर्ण हुनेछ,’ उनले भने, ‘फेयरमा पोखरा क्षेत्रका विद्यार्थीको भिड लाग्ने विश्वास लिएको छु ।’
अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा फेयरमा विस्तृत जानकारी दिइनै गैरेले जानकारी दिए ।