‘दक्ष काउन्सिलरबाट उचित परामर्श’

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको कंगारु एजुकेशन फाउण्डेसनले पोखरामा ३ दिने सेमिनार आयोजना गरेको छ । सेमिनार आयोजना गर्नुको लक्ष्य, सेमिनारमा सहभागी हुने कलेज तथा युनिभर्सिटी, कंगारुको परामर्श सेवा, विदेशको उच्च शिक्षा लगायत विषयमा केन्द्रित रहेर फाउण्डेसनका निर्देशक टि.आर. काफ्लेसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

कंगारुले पोखरामा ‘स्टुडेन्ट सेमिनार’ आयोजना गर्नुको उद्देश्य के हो ?
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा न्युजिल्याण्ड जाने विद्यार्थीलाई लक्षित गरी हामीले ३ दिने सेमिनार आयोजना गरेका छौं । मार्च १२ (सोमबार) न्युजिल्याण्डका लागि र मार्च १३ र १४ (मंगलबार र बुधबार) अष्ट्रेलियाका लागि सेमिनार हुँदैछ । ती देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई उचित प्रोग्राम र जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था मिलाउन पहल गर्ने लक्ष्यसहित सेमिनार आयोजना गरिएको हो । चिप्लेढुंगास्थित सेलवेज टावरको पाँचौं तला जहाँ हाम्रो कार्यालय छ त्यही सेमिनार हुँदैछ । सेमिनारमा न्युजिल्याण्ड र अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु प्रत्यक्ष सहभागी हुने हुँदा त्यहाँको शिक्षा प्रणाली लगायत विविध विषयमा सत्य तथ्य सूचना लिन सेमिनार प्रभावकारी बन्नेछ ।

न्युजिल्याण्ड लक्षित सेमिनारमा कुन कलेज सहभागी हुँदैछ ?
न्युजिल्याण्डको उत्कृष्ट कलेज सेमिनारमा सहभागी हुँदैछ । सेमिनारमा सहभागी हुने नेल्सन सिटीको एनएमआइटी कलेज त्यहाँको उत्कृष्ट कलेजमा पर्न सफल छ । जहाँ कंगारुले बिगतमा पठाएका थुप्रै विद्यार्थी अध्ययन समाप्त गरेर आफ्नो फिल्डमा काम गरेर सेटल भएर बसिरहेका छन् । पोखरा तथा आसपासका विद्यार्थी जो कंगारुका माध्यममा त्यहाँ पुगेका छन्, उनीहरुले त्यहाँ रहेका नेपाली र पोखरेलीहरुको भरपुर माया तथा सहयोग पाउने गरेका छन् । त्यो सहरमा रहेका नेपालीहरु प्राय कंगारुबाटै गएका छन् । त्यहाँ पोखरा तथा आसपासका जिल्लाका धेरै विद्यार्थी छन् । कंगारुबाट आएको भनेपछि आफ्नै घरबाट आएजस्तो गरेर नेपालीलेहरुले सोधखोज गरी सहयोगी भावना प्रस्तुत गरेको पाउँछौं । जुन हाम्रा लागि सुखद कुरा हो ।

न्युजिल्याण्डमा विद्यार्थी जाने क्रम कस्तो छ ?
पछिल्लो समय न्युजिल्याण्ड पनि नेपाली विद्यार्थीहरुको लागि उत्कृष्ट गन्तव्य बनेको छ । राम्रै संख्यामा त्यहाँ विद्यार्थी गइरहेको पाउँछौं । कंगारुमा परामर्श लिएर त्यहाँ जाने विद्यार्थीहरुको संख्या पनि वर्षेनी बढिरहेको छ । त्यहाँको शिक्षा प्रणाली पुरै प्राक्टिकल छ । स्तरीय पढाइ भएकै कारण विद्यार्थीको आकर्षण बढेको हो । पढाइ पुरा भएपछि जागिरको लागि अत्याधिक सपोर्ट गर्दछन् । त्यहाँका कलेज जबको लागि तयार जनशक्ति उत्पादन गर्न सफल छन् । हावापानी पोखराको जस्तै सुहाउँदो पनि छ ।

दुई दिनसम्म अष्ट्रेलिया लक्षित सेमिनार किन ?
अष्ट्रेलियाका दुई वटा चर्चित युनिभर्सिटीलाई सेमिनारमा सहभागी गराउँदैछौं । दुवै युनिभर्सिटीका प्रतिनिधिलाई छुट्टाछुट्टै दिन सहभागी गराउने गरी सेमिनार तय गरेका हौं । मंगलबारकोे सेमिनारमा अष्ट्रेलियाको आरएमआइटी युनिभर्सिटीका प्रतिनिधि कंगारुमा आउँदैहुनुहुन्छ । कलेजका अन्तर्राष्ट्रिय संयोजक साम्युइल फ्लिनसँग विद्यार्थीले प्रत्यक्ष भेट्ने अवसर पाउनेछन् । बुधबारको सेमिनारमा साउथर्न क्रस युनिभर्सिटी सहभागी हुनेछ । जहाँ विद्यार्थीलाई ३० प्रतिशतसम्म छात्रबृत्तिको सुविधा समेत व्यवस्था गरिनेछ । साउथर्न क्रसको एप्लिकेसन संयोजन गर्ने संस्था एडुको ग्लोबलका शुभी प्रधान बुधबार सेमिनारमा विद्यार्थीमाझ प्रत्यक्ष सहभागी हुनेछिन् ।

आरएमआइटी अष्ट्रेलियाको कस्तो युनिभर्सिटी हो ?
आइटी, इन्जिनियरिङ, हेल्थ, मेडिसिन र जोग्राफीका विविध विषयहरु अध्यापन गराइने अष्ट्रेलियाको ठूलो युनिभर्सिटी हो आरएमआइटी । नर्सिङ उत्तीर्ण गरेका नेपाली विद्यार्थीहरुलाई व्याचलर अफ नर्सिङ गर्नका लागि पनि यो युनिभर्सिटी उत्तम मानिन्छ । जेहेन्दार नेपाली विद्यार्थीलाई ६ हजार अष्ट्रेलियन डलर बराबरको छात्रबृत्ति पनि प्रदान गर्दै आइरहेको छ । बिगत ४ वर्षदेखि हामीले उक्त युनिभर्सिटीमा विद्यार्थी भर्ना गर्दै आइरहेका छौं । यो विश्वविद्यालय अष्ट्रेलियाको मेल्वर्न सहरको केन्द्रमा अवस्थित छ । जसले विद्यार्थीलाई आवागमन गर्न सजिलो बनाइदिएको छ ।

साउथर्न क्रस युनिभर्सिटीका विशेषताहरु केके छन् ?
साउथर्न क्रस विश्वविद्यालयमा कंगारुबाट गएका विद्यार्थीलाई ३० प्रतिशतसम्म छात्रबृत्तिको सुविधा उपलब्ध छ । कंगारुमा आउने जोकोही विद्यार्थीलाई न्युनतम १० प्रतिशत छात्रबृत्ती स्वतह उपलब्ध गराइनेछ । यो युनिभर्सिटी सिड्नी, मेल्वर्न, पर्थ, ब्रिसमेन, गोल्कोस्ट शहरमा छ । विद्यार्थीले जुनसुकै शहर पनि रोज्न सक्छन् । यो युनिभर्सिटीमा एकाउन्टिङ, बिजनेस, आइटी, होटल म्यानेजमेन्ट लगायत विभिन्न कोर्षहरु उपलब्ध छन् ।

परामर्शका लागि कंगारु नै किन ?
हामीले सेमिनारमा आउने विद्यार्थीलाई प्रिभिलेज कार्ड वितरण गर्ने व्यवस्था गरेका छौं । जुन कार्ड विद्यार्थीले कँगारुका अन्य सेवाहरुमा प्रयोग गर्न सक्नेछन् । उक्त प्रिभिलेज कार्ड प्रस्तुत गरेमा विद्यार्थीको भिषा प्रोसेसिङ निःशुल्क गरिनेछ । हाल कंगारुमा ४ जना अनुभवी तथा दक्ष काउन्सिलर छन् । जसमध्ये २ जना विदेशबाट अध्ययन गरेर आउनुभएको हो । विदेश अध्ययन गर्न जाने क्रममा विदेशबाट नै अध्ययन गरेर फर्किएका काउन्सिलरसँग परामर्श लिँदा सत्य र तथ्य एकैसाथ पाइने हुँदा विद्यार्थीहरु अत्यन्तै लाभान्वित हुनेछन् । विद्यार्थी अलमलमा पर्नेछैनन् । हामीले पारिवारिक वातावरणमा स्तरीय परामर्श सेवा प्रदान गर्छौं ।

परामर्श सेवा कसरी प्रदान गर्नुहुन्छ ?
वैदेशिक शिक्षाका लागि इच्छुक विद्यार्थीहरु कंगारु एजुकेशनमा आबद्ध भइसकेपछि विदेशस्थित विश्वविद्यालय तथा कलेजहरुमा कसरी पढाई हुन्छ ? विदेशमा कसरी बाँच्न सकिन्छ ? कसरी सफल हुन सकिन्छ ? काम कसरी खोज्ने ? के–कस्ता दुःखकष्ट आइपर्छन् ? र, त्यसको सामना कसरी गर्ने ? लगायतका थुप्रै कुराहरु कंगारुका काउन्सिलरबाट विद्यार्थीले प्रत्यक्ष जानकारी पाउने हुँदा विद्यार्थी तथा अभिभावकको नजरमा कंगारु एजुकेशन एउटा सर्वश्रेष्ठ कम्पनीको रुपमा स्थापित भएको हामीले महसुस गरेका छौं । विद्यार्थी भिजाका लागि आवश्यक पर्ने कागजातहरुलाई साधारण तरिकाबाट प्रस्तुत गर्न तथा बुझाउन सक्ने हैसियत राखेका काउन्सिलरहरु कंगारुमा हुनुहुन्छ । नगरपालिका, महानगर तथा गाउँपालिकाबाट बनाउनुपर्ने सम्पूर्ण डकुमेन्टहरुका बारेमा परामर्शबाट विद्यार्थी तथा अभिभाावकहरुलाई सहज तरिकाले बुझाउन हामी सफल छौं । जसका कारण विद्यार्थीले थोरै समयमा नै सम्पूर्ण डकुमेन्टहरु सम्बन्धित निकायबाट बिना झन्झट बनाइरहेका छन् ।

कंगारुबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया र न्युजिल्याण्डमा विद्यार्थी जाने क्रम कस्तो छ ?
कंगारुका सम्पूर्ण कार्यालयबाट वार्षिक ६ सय भन्दा बढी विद्यार्थी नेपालबाट अष्ट्रेलिया जाने गरेका छन् । सय भन्दा बढी विद्यार्थी न्युजिल्याण्ड जाने गरेका छन् भने वार्षिक ३ हजार भन्दा बढी विद्यार्थीहरुले कंगारु एजुकेशन फाउण्डेसनबाट आइएलटिएस तयारी कक्षा पुरा गरी सन्तोषजनक स्कोर प्राप्त गर्न सफल छन् । विद्यार्थी तथा अभिभावकको विश्वासलाई निरन्तरता दिँदै आगामी वर्षहरुमा अझ सशक्त सेवा प्रदान गरी विदेश अध्ययनको सहजीकरण गर्ने कार्यमा कंगारु एजुकेशनका सम्पूर्ण कर्मचारीहरु तत्पर छन् । लामो समयदेखिको वैदेशिक अध्ययन सम्बन्धीको अनुभव र बेलाबेलामा सम्बन्धित विश्वविद्यालय तथा कलेज, साथसाथै भिजा दिने निकायसँग पारस्परिक सम्बन्धको विकास गर्दैै आफूले पेस गरेका विद्यार्थीका निवेदनहरुलाई अत्याधिक सफल बनाउन सकेका छौं, जुन हाम्रो सफलता पनि हो ।

कंगारुका विशेषताहरु के–के छन् ?
हामीले विद्यार्थीलाई पोखराबाट काठमाडौं हुँदै सिड्नी पुग्दासम्म साथ दिन्छौं । अष्ट्रेलिया पुगेपछि आउने विभिन्न समस्या समाधानमा हामी विद्यार्थीलाई सहयोग गर्छांै । एयरपार्ट पिकअप तथा अकोमोडेसनमा हामी सहयोग गर्छौं । विद्यार्थीमा पर्ने समस्या समाधानमा हाम्रो सिड्नी कार्यालयले अभिभावकीय भुमिका निर्वाह गर्दै आइरहेको छ । कंगारु विशुद्ध नेपाली कम्पनी हो । यसको नेटवर्क पनि ठुलो छ । इन्फरमेसन पनि हामीसँग धेरै छ । विद्यार्थीले पढ्न सक्ने युनिभर्सिटी तथा कलेज हामीसँग छन् । विद्यार्थीको स्तर, रुची तथा क्षमता हेरेर हामी युनिभर्सिटी तथा कलेज छनोट गर्न भन्छौं ।

You might also like

Comments are closed.