दक्ष सेक्युरिटी गार्डलाई रोजगारीको समस्या छैनः आचार्य

लामो समयसम्म नेपाल प्रहरीको अफिसर भएर काम गरेका घनश्याम आचार्यले अहिले पोखराको सभागृहचोक स्थित शिवालयमार्गमा सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि सञ्चालन गरिरहेका छन् । जागिरकै क्रममा नेपालमा सिपाहीदेखि अधिकृतसम्मलाई प्रशिक्षण गराएका आचार्यसँग आबुदाबी पुलिसमा काम गरेको अनुभवसमेत छ । सेक्युरिटी व्यवसायमा लाग्नुको कारण, सेक्युरिटी गार्डको आवश्यकता, सफल टाक्स फोर्सका विशेषता लगायत विविध विषयमा केन्द्रिर रहेर प्रवन्ध निर्देशक आचार्यसँग आर्थिक आवाजले गरेको कुराकानीः

सेक्युरिटी व्यवसायमा कहिलेदेखि किन आबद्ध हुनुभयो ?
सेक्युरिटी क्षेत्र मेरो रुचीको विषय हो । सुरुदेखिको अनुभव पनि यही क्षेत्रमा भयो । नेपाल प्रहरीको अफिसर भएर लामो समय काम गरेको अनुभवले पनि यस क्षेत्रमा व्यावसायिक रुपमा लाग्न प्रोत्साहन मिल्यो । आबुदाबी पुलिसमा पनि ३ वर्ष काम गरेँ । जागिरे जीवनमा हाइटी मिसनमा गएको अनुभव पनि छ । जागिरकै क्रममा नेपालमा पनि सिपाहीदेखि अधिकृतसम्मलाई प्रशिक्षण गराएको थिएँ । जागिरे जीवनबाट अबकास लिइसकेपछि पनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । मेरो अनुभवलाई व्यावसायिक रुपमा प्रयोग गर्ने क्रममा सेक्युरिटी व्यवसाय मेरो रोजाईमा प¥यो । फलस्वरुप आजभन्दा ३ वर्ष अगाडि पोखराको सभागृहचोकस्थित शिवालय मार्गमा सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि स्थापना गर्न सफल भएँ ।

सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टरले के–कस्ता तालिमहरु सञ्चालन गर्छ ?
देशमा बढ्दै गइरहेको बेरोजगारी समस्यालाई मध्यनजर गर्दै मैले यो व्यवसाय सञ्चालन गरेको हुँ । हामीले विशेष गरी युवा युवतीहरुलाई सेक्युरिटी सम्बन्धी तालिमहरु प्रदान गर्छौं । हामीले सेक्युरिटी सम्बन्धी सम्पूर्ण प्रकारका कोर्षहरु सिकाउँछौं । सिभिल एक्स आर्मी, इण्डियन आर्मी, आबुदाबी, दुवई, मकाउ, एनएसआई, डिपिएस, पिएसबिडी, रोयलगार्ड, जेलगार्ड, बडीगार्ड, डिभेन्स आर्मी, स्पेसल फोर्स लगायतका कोर्षहरु हामीले सञ्चालन गरिरहेका छौं ।

सेक्युरिटी तालिममा आकर्षण कस्तो छ ?
सेक्युरिटी गार्डको काम गर्न रुचीहुनेहरु हामी कहाँ आएर तालिम लिनेक्रम बढेको छ । हामी कहाँ आएका सबै प्रशिक्षार्थीलाई हामी दक्ष बनाउँछौं । दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिन्छ । लाहुरे हुनका लागि उमेरको हद हुन्छ । उमेर हद नाघि सकेपछिको विकल्प भनेको सेक्युरिटी गार्ड नै हो । विशेष गरी १८ देखि ३० वर्षसम्मका युवाहरु सेक्युरिटी गार्ड तालिमका लागि हामीकहाँ आउँछन् । देश तथा विदेशमा सेक्युरिटी गार्डको जागिरका लागि राम्रो अवसर मिल्ने भएकाले पनि युवाहरु यसप्रति आकर्षित भएका हुन् । हामीले तालिमसँगै हाम्रै कम्पनीमार्फत शतप्रतिशत रोजगारी ग्यारेन्टी प्रदान गर्ने भएकाले पनि सफलप्रति आकर्षण बढेको छ ।

घनश्याम आचार्य, प्रवन्ध निर्देशक, सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि

सेक्युरिटी तालिम लिइसकेपछि रोजगारीको अवसर कस्तो छ ?
हामीसँग तालिम लिएका शतप्रतिशत प्रशिक्षार्थीलाई रोजगारी उपलब्ध गराउन हामी सफल छौं । बैंक, सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल तथा अन्य व्यावसायिक क्षेत्र लगायत विभिन्न ठाउँमा सेक्युरिटी गार्ड आवश्यक परिरहन्छ । तालिम लिएर दक्ष बनेका सेक्युरिटी गार्डलाई रोजगारीको कुनै समस्या छैन । रोजगारीको सम्पूर्ण जिम्मा हामीले नै लिन्छौं ।

सफल टाक्स फोर्समा नै किन तालिम लिने ?
सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि छोटो समयमा ब्राण्डका रुपमा स्थापित भइसकेको छ । एक पटक तालिम लिइसकेको मान्छे यहीँबाट जागिरे जीवन सुरु गर्छ । स्वदेश तथा विदेशमा सेक्युरिटीमा जागिर खानका लागि हामीले दक्षजनशक्ति उत्पादन गर्छौं । लामो समय यही क्षेत्रमा काम गरेको अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिन्छ । पारिवारिक वातावरणमा प्रशिक्षण दिन्छौं । शुलभ शुल्कमा उच्चस्तरीय कोर्ष सञ्चालन गर्न हामी सफल छौं । सुरक्षासँग सम्बन्धित जागिरका क्रममा देश तथा विदेशमा संगालेको सम्पूर्ण अनुभवलाई मैले यही व्यवसायमा प्रयोग गर्न सफल भएको छु । फरक खालको विशेषताले नै हामीप्रति विद्यार्थीको आकर्षण बढेको मैले अनुभव गरेको छु । सेक्युरिटी तालिमका लागि आवश्यक पर्ने सम्पूर्ण इक्युपमेन्टहरु हामीसँग छन् । हामी डेमोस्टेसनसहित तालिम प्रदान गर्छौं । उचाईं ५ दशमलव ५ फिट भन्दा माथि भएका जोकोही पनि सेक्युरिटीको तालिममा भर्ना हुन सक्छन् ।

सेक्युरिटी सप्लायर्सको काम पनि गरिरहनुभएको छ । सफलका उत्पादनप्रति आकर्षण कस्तो छ ?
हामी कहाँ तालिम लिएका प्रशिक्षार्थीहरु दक्ष तथा अनुभवी हुन्छन् । हामीबाट तालिम लिएका विद्यार्थीको माग पोखरा लगायत देशभर उच्च छ । प्रशिक्षार्थी विद्यार्थीको स्थायी बसोबासलाई पायक पर्ने गरी जागिर प्रदान गर्ने व्यवस्था मिलाएका छौं । सरकारी, गैरसरकारी संघसंस्था, वित्तीय क्षेत्र, होटल, रेस्टुरेन्ट लगायत सबै क्षेत्रमा सफलको लोगो लगाएका सेक्युरिटी गार्ड देख्न सकिन्छ । सफलबाट उत्पादन भएका सेक्युरिटी गार्डसँग सेक्युरिटीमा आवश्यक सम्पूर्ण ज्ञान सिकेका हुन्छन् । बडी सर्च, फायर फाइटिङ, सिसी टिभी, एक्सिस कन्ट्रोल लगायतका कोर्षमा पनि दक्ष बनाउँछौं । इमान्दारितापूर्वक काम गर्ने भएकाले पनि हामीप्रति सबैको विश्वास बढेको छ । एक पटक हामीबाट सेवा लिइसकेपछि पुनः हामीलाई नै अबसर दिने क्रम बढिरहेको छ ।

घनश्याम आचार्य, प्रवन्ध निर्देशक, सफल टाक्स फोर्स सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर प्रालि

पूर्व प्रहरी तथा आर्मीहरु सेक्युरिटीमा आउने क्रम कस्तो छ ?
१८ वर्षमा भर्ती भएको एउटा युवा १७ वर्ष जागिर खाँदा ३५ वर्षमा रिटायर्ड हुन्छ । जम्मा ३५ वर्षको युवालाई घरमा त्यसै बस्न मन मान्दैन । राम्रो अवसरको खोजी गर्ने क्रममा उसको पहिलो रोजाई सेक्युरिटी गार्ड बन्छ । उसले राम्रो अवसरका लागि बढी मात्रा विदेश नै ताकेको हामीले पाउँछौं । यसरी सेना तथा प्रहरीमा काम गरेका व्यक्तिहरु विदेश जानका लागि थप तालिमको आवश्यकता पर्छ । त्यस्ता व्यक्तिहरुलाई हामीले सेक्युरिटीका लागि विशेष कोर्ष सञ्चालन गरिरहेका छौं । उनीहरुका लागि विशेष गरी बर्डी गार्ड, डिफेन्स आर्मी, रोयल गार्ड, जेल गार्ड, स्पेसल फोर्स तालिम आवश्यक पर्छ । त्यो अनुभव मसँग प्रशस्त छ, जुन ज्ञान यहाँ आएका प्रशिक्षार्थीलाई सिकाइरहेको छु । रिटायर्ड भइसकेकाहरु सफलमा आएर आवश्यक तालिम लिने क्रम बढिरहेको छ । मैले सिकाएका प्रशिक्षार्थीहरु शतप्रतिशत सफल भएको अनुभव गरेको छु ।

सुरक्षाका लागि सेक्युुरिटी गार्डको महत्व कस्तो छ ?
पोखरा पर्यटकीय नगरी हो । यहाँ प्रशस्त पर्यटनस्तरका होटलहरु छन् । बैंक तथा वित्तीय संस्थाको संख्या पनि प्रशस्त छ । सबै क्षेत्रको सुरक्षाका लागि सेक्युरिटी गार्ड खटिएको हामीले देखिरहेका छौं । निजी तथा सरकारी सबै क्षेत्रको सुरक्षाका लागि सेक्युरिटी गार्ड आवश्यक पर्छ । मेला, महोत्सव, सभा सम्मेलन तथा अन्य गतिविधिमा पनि सेक्युरिटी गार्डको आवश्यकता पर्छ । तालिम प्राप्त तथा दक्ष सेक्युरिटी गार्डले आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्नेगर्छन् । सम्पत्ती तथा मानवीय सुरक्षाका लागि सेक्युरिटी गार्ड खम्बा बनेर बसेको हामी पाउँछौं । सेक्युरिटी गार्डको आवश्यक नभएको सम्भबत कुनै पनि क्षेत्र छैन भन्दा हुन्छ । सफलबाट प्रशिक्षित विद्यार्थीमा सेक्युरिटी गार्डमा हुनुपर्ने सम्पूर्ण ज्ञान हुन्छ । अनुशासनलाई पनि हामीले कडाई गर्छौं ।

You might also like

Comments are closed.