दमौलीमा विशेष कार्यक्रम गरी नयाँ अंग्रेजी वर्ष मनाइने

मंसिर २५,तनहुँ ।
अंग्रेजी नयाँ वर्ष २०१९ को उपलक्ष्यमा तनहुँको सदरमुकाम दमौलीमा महा -उत्सव हुने भएको छ । लायन्स क्लब अफ तनहुँले नयाँ वर्षको अवसरमा सांगीतिक महाउत्सव कार्यक्रम गर्न लागिएको हो । नयाँ वर्षको उत्सवलाई पूर्णतया संगीतमय बनाइने र महाउत्सवबाट भएको आम्दानी अपाङ्गता भएका व्यक्तिहरुका लागी सहयोग गरिने क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राक’ुले जानकारी दिए । कार्यक्रममा दार्जिलिङको सांगीतिक ब्याण्ड मन्त्रको प्रस्तुती रहने श्रेष्ठले बताए ।
दार्जि्िलङको भए पनि नेपाली भाषी र नेपाली संगितका गितहरु गाउन चर्चित सांगीतिक ‘मन्त्र’ ब्याण्डको लाइभ प्रस्तुती रहने आयोजकले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
त्यस्तै कार्यक्रममा स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । साथै कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुती तथा खानाको उत्सव समेत गरिने महाउत्सवका संयोजक श्रेष्ठले जानकारी दिए । व्यवसाय, पर्यटन र संस्कृतिको उत्थान गर्न कार्यक्रम गर्न लागेको श्रेष्ठले बताए ।
नयाँ वर्ष मनाउने सन्दर्भमा दमौलीबाट ठुलो संख्यामा युवा जमात बाहिर जाने परम्पराको अन्त्य गर्दै दमौलीमा देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटन भित्राउने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । उक्त उत्सवमा खानाका १० वटा स्टल राखिने क्लबका सचिव विपिन श्रेष्ठले जानकारी दिए । क्लबले विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाडँफाँड गरी उत्सवको तयारी समेत थालेको श्रेष्ठले बताए ।
कार्यक्रम डिम्सेवर ३१ तारिख दिउसो १२ बजेदेखी मध्यरात १२ः३० बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले लायन्सलले सामाजिक क्षेत्रमा गरेको कार्य प्रसंशनीय रहेको बताए । लायन्सले सामाजिक सेवासँगै जिल्लाको धार्मिक एवम् पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।

You might also like

Comments are closed.