दमौलीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने

मंसिर २६,तनहुँ।

संस्कृत शिक्षाको स्तोन्नतिका लागि तनहुँको दमौलीमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ  हुने भएको छ । महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयको आयोजनामा व्यास ३ ज्ञानकुञ्जमा मंसिर २९ देखी पौष ७ गतेसम्म महायज्ञ हुन लागेको हो । कक्षा १२सम्म गुरुकुल एवम् साधारण संस्कृत विषयको औपचारिक रुपमा पठनपाठन हुदै आएको यस विद्यालयले आगामी दिनमा यस क्षेत्रको शैक्षिक, नैतिक एवम् आध्यात्मिक विकास आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पु¥याउने उद्देश्यले महायज्ञ आयोजना गरिएको विद्यालयका प्रधानध्यापक तुलशीशरण सिग्देलले जानकारी दिए ।  वैदिक सनातन धर्म, दर्शन कला, संस्कृतिको संरक्षण र संस्कृत  भाषाको प्रवद्र्धन र वृद्धि गर्न विद्यालयले संस्कृत शिक्षालाई प्रथामिकता दिएको सिग्देलले बताए । पश्चिमी जगतमा संस्कृत भाषाको वैज्ञानिक पक्ष बुझेर संस्कृत भाषा अनुशरण गर्न थाल्दा समेत नेपालीहरुमा संस्कृत प्रति अनाकर्षण हुनु दुखद पक्ष भएकाले सामाजिक क्षेत्रमा नवजागरण ल्याउन पनि संस्कृत भाषा सबैले बुझ्नुपर्ने उनको भनाइ थियो ।

विद्यालयको रजतजयन्ती–वर्ष समापन तथा २६औँ वाषिकोत्सवको अवसरमा वैदिक विधि अनुसार भागवान् श्रीशालिग्राम एवम् श्रीराधाकृष्णको आराधना, रुद्राभिषेक, विद्याधिष्ठात्री, सरस्वती, महर्षि वेदव्यासको पुजा–अर्चना सहित श्रीमद्भागत  धनधान्याचल सप्ताह शुभारम्भ गरिने आयोजकले जनाएको छ ।

सञ्चालित गुरुकुलको विस्तार तथा विकास, नियमित गोसेवा, भगवत्यपूजन, रुद्राभिषेक, भावातीत ध्यान, योग र बटुकका लागी आवास तथा भोजन व्यवस्थापनका लागी अक्षयकोष स्थापनार्थ  महायज्ञ आयोजना गरिएको मूलसमारोह समितिले जानकारी दिएको छ ।

हाल विद्यालयमा अछाम देखी इलामसम्मका ५५ जना बटुकहरुले संस्कृत शिक्षा लिइरहेका छन् भने १०८ जनासम्म पु¥याउने लक्ष्य राखिएको छ । बटुकहरुको आवास तथा भोजनका लागी महर्षि फाउण्डेसनले मासिक ५५ हजार र अन्य दातृसंघसंस्थाको सहयोगबाट व्यवस्थापन हुदै आएकोमा महायज्ञबाट भएको आम्दानीले अक्षयकोष स्थापना गरी त्यस्को व्याजबाट खर्च व्यवस्थापन गर्ने लक्ष्य वेदविद्याश्रमले लिएको छ । महायज्ञबाट करिब ५० लाख दान संकलन गर्ने लक्ष्य आयोजकले राखेको छ । संस्कृतका स्थानीय विद्यार्थी तथा गुरुहरुलाई प्रोत्साहन गर्न श्रीमद्भागवतकथा वाचक तथा भजन गायनका लागी विद्यालयले उत्पादन गरेका विद्यार्थीलाई कलाकारको रुपमा राखिएको आयोजकले जनाएको छ । महायज्ञको मुलवाचकको रुपमा कृष्णकान्त काफ्ले र सहायक वाचकको रुपमा जीवन पौडेल र लक्ष्मी खनाल रहने बताइएको छ ।

कार्यक्रमको पहिलो दिन शनिवार श्रीमद्भागवत ज्ञानमहायज्ञ पूर्वाङ्गपूजन,, दोस्रो दिन कलश÷शोभायात्रा, महायज्ञ उद्घाटन,मातृपितृ पूजन, तेस्रो दिन विद्यार्थीलाई सम्मान, पूर्व शिक्षक एवम् कर्मचारी सम्मान, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावकका पूर्व सदस्यहरु सम्मान, चन्दादाता तथा सहयोगदातालाई सम्मान लगायतका कार्यक्रम गरी वाषिकोत्सवको समापन गर्ने बताइएको छ ।

You might also like

Comments are closed.