दमौलीमा सार्वजनिक पुस्तकालय स्थापना


मंसिर २२,तनहुँ ।

युवाहरुको सक्रियतामा दमौलीमा सार्वजनिक पुस्ताकालय स्थापना गरिएको छ । युवाहरुमा अध्ययन क्षमता विकास गर्ने उद्देश्यले युवाहरुको समुहले बौद्धिक सार्वजनिक पुस्तकालय शुरु गरेका हुन् । व्यास २ पदम चोकमा शुरु गरिएको सार्वजनिक पुस्तकालयको शनिवार परोपकार जेष्ठ नागरिक चौतारीमा आश्रित मध्येकी सबैभन्दा जेष्ठ ८५ वर्षीय सरस्वती श्रेष्ठले उदघाटन गरिन ।
अध्ययनमा रुची भएका युवालाई पुस्तक अध्ययनका लागि पुस्तकालयको अभाव महसुस भएकाले पुस्तकालय संचालन गरिएको बौद्धिक सार्वजनिक पुस्तकालयका अध्यक्ष सागर घिमिरेले जानकारी दिए ।
‘सर्वसाधारणले पुस्तकालयमा बसेर निशुल्क पुस्तक अध्ययन गर्न पाउने छन’ उनले भने, ‘घरमा लगेर पुस्तक अध्ययन गर्न दैनिक ५ रुपैया शुल्क बुझाउनु पर्ने छ। पुस्तक अध्ययन वापत संकलन हुने रकमले पुस्तकालयमा थप पुस्तक खरिद गरिने घिमिरेले बताए ।
पुस्तकालयमा अहिले १ सय ६० भन्दा बढि पुस्तकहरु समावेश रहेका छन्। विभिन्न व्यक्तिबाट प्राप्त पुस्तक र सहयोग रकमबाट उक्त पुस्तकहरु पुस्तकालयमा राखिएको पुस्तकालयका उपाध्यक्ष सन्देश अघिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.