पुस १४,तनहुँ ।
गण्डकी वाङ्गमय प्रतिष्ठान तनहुँको आयोजनामा सञ्चालित नियमित साहित्य वाचन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । भाषा, साहित्य संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान भन्ने मुल नाराका साथ २०७५ वैशाख महिनाबाट प्रतिष्ठानले प्रत्येक महिनाको एक दिन साहित्य वाचन कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष अर्जन अधिकारी (सागर उदास) ले जानकारी दिए । साहित्यकार उपेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले भाषा, कला र साहित्यको क्षेत्रमा गण्डकी वाङ्गमय प्रतिष्ठान अमुल्य योगदान रहेको बताए । प्रतिष्ठानको अभियानको प्रशंसा गर्दै अभियानलाई निरन्तर अघि बढाउन उनले सुझाव दिए । कार्यक्रम स्रष्टाहरुले विभिन्न विषयवस्तुमा रचना वाचन गरेका थिए । स्रष्टाहरुले रचना मार्फत वर्तमान राजनैतिक परिवेश, मातृत्व, राष्ट्रप्रेम, नेपालको महिमा लगायतका विषयमा सन्देश प्रवाह गरेका थिए ।
You might also like





Comments are closed.