तनहुँ, २५ चैत
सिद्घार्थ बैंकले दमौली शाखा हूतान्तरण गरी आइतबारदेखी औपचारिक रुपमा कारोबार सञ्चालन गरेको छ । शाखाको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठले संयुतm रूपमा उद्घाटन गरेका थिए । बैंकले सो शाखा दमौली वडा नं २ सफा सडकबाट हालै दमौली व्यास नगरपालिका वडा नं ३ मा स्थानान्तरण गरेको हो ।
ग्राहकहरुलाई सरल र सहज तरिकाले थप सुविधा पु¥याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथ साथै विभिन्न सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आइरहेको छ बताइएको छ । यसैगरी बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १सय ४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय शाखारहित बैंकिङ्ग सेवा, १सय ६० एटिएम र १ हजार २ सय भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Comments are closed.