दर्जन बढि मिडियाका टोलीबीच भलिबल प्रतियोगिता हुँदै, तयारी पुरा

पोखरा, १० असोज । केभसिटी मिडिया प्रा.लिद्वारा आयोजित ‘प्रथम केभसिटी मिडिया कप भलिबल प्रतियोगीता २०७५’ को तयारी पुरा भएको छ । बुधबार पत्रकार सम्मेलन गरि शुक्रबार र शनिबार पोखरामा हुने उक्त प्रतियोगीताको आवाश्यक तयारी पुरा भएको कार्यक्रमका संयोजक विजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा दर्जन भन्दा बढि टिमह?को सहभागिता रहने छ । नेपालमा पहिलो पटक मिडियाकर्मीह?का बिचमा हुन लागेको उक्त प्रतियोगीता स्वास्थ्य र सद्भावका खातिर आयोजना गरिएको प्रबन्ध निर्देशक भीम थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगीताले खस्कदो भलिबलको स्तरउन्नती र मिडियाकर्मीका बिचमा थप आत्मियताको विकास गर्नेछ ।

प्रतियोगिताको विजेतालाई नगद ?.३५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रा.लिका अध्यक्ष दुर्गा प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार उपविजेतालाई नगद ?.२२ हजार २ सय २२ साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको वेष्ट प्लेयरलाई नगद ?.३ हजार ३ सय ३३, वेष्ट स्काईकर, वेष्ट लिफ्टर, वेष्ठ सर्भरर वेष्ट क्विकरलाई नगद ?. १ हजार १ सय ११ तथा अनुसासित टिमलाई नगद ?.२ हजार ५ सय प्रदान गरिने छ ।

सहभागी टिमह?लाई प्रोत्साहन तथा सम्मान स्व?प प्रमाण पत्र प्रदान गरिने छ । राष्ट्रिय माविको खेलमैदान पुरानो टुडिखेलमा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ?पैया र्खच लाग्ने अनुमान गरिएको थापाले बताए । प्रतियोगिता पोखरा महानगरपालिका तथा अमेरिमा बस्दै आएका कृष्ण सुनारको विशेष सहयोग, पोखरा महानगरपालिका वडा नं. १६÷१९ को सहयोग, जिल्ला भलिवल संघ कास्की, भलिबल ट्रेनिङ सेन्टर कास्की र राष्ट्रिय माविको प्राविधिक सहयोगमा सम्पन्न गरिने छ ।

असोज १२ गते बिहान स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीह?बीच संचारकर्मीह?को मैत्रीपूर्ण खेल समेत समावेश गरिएको छ ।

You might also like

Comments are closed.