दर्शकलाई भरपुर मनोरञ्जन : पवन प्रजापती

पवन प्रजापती
संयोजक
साँस्कृतिक उपसमिति

मेलालाई मनोरञ्जनात्मक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रम समावेश गरेका छौं । सामुहिक नृत्य, खुला एकल नृत्य प्रतियोगिता लगायतका प्रतियोगिता हुनेछन् । विजेतालाई विभिन्न खेलकुदका सामग्री र नगद पुरस्कारको व्यवस्था गरेका छौं ।

नेपाली मौलिक संस्कृतिका झलक पनि मेलामा देख्न सकिनेछ । लोक गीत, रत्यौली गीत लगायतका प्रतियोगिता पनि मेलामा हुनेछन् । बिजेतालाई हामीले नगद पुरस्कारको व्यवस्था गरेका छौं । महोत्सव अवधिभर विभिन्न हास्यकलाकारका साथ विभिन्न हास्यकार्यक्रम पनि प्रदर्शन हुनेछन् ।

साँझको समयमा सुगम संगीतको प्रस्तुति रहनेछन् । स्थानीय तथा राष्ट्रियस्तरका ब्याण्डको प्रस्तुति पनि मेलामा रहनेछन् । विभिन्न फेशन डिनाईनरको फेसन शो पनि मेलामा हुनेछन् । सोनाम ल्होसारको उपलक्ष्यमा तामाङ जातिको भेषभुषा सहित संस्कृतिका प्रर्दशन हुनेछ । मेलामा आउने सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछौं ।

You might also like

Comments are closed.