दलालमार्फत अमेरिका पुग्ने आसमा करोडौं सकियो, बाटैबाट नेपाल फिर्ता

काठमाडौ, २५ मंसिर । करिब एक वर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पु¥याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

jutta mela

रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज २०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आइल्यान्ड पुगे । तर, अमेरिका पुगेनन् । टिटस आइल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ वर्षीय शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए । अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो ।

You might also like

Comments are closed.