दश वर्षपछि कोही आवासविहीन नहुने

काठमाडौं, १ भदौ । गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यन्यन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको छ । यो समाचार आजको कारोबारमा छ ।

मन्त्रालयले तयार पारेर संसद सचिवालयमा दर्ता भइसकसको यो विधेयकमा आवास अधिकार ग्यारेण्टी गर्नका लागि बनेको आवससम्बन्धी पहिलो विधेयक हो ।

‘संविधानले दिएको अधिकार अनुसार आवासविहीन जनताको अधिकार ग्यारेण्टी गर्न पहिलोपटक आवससम्बन्धी विधेयक बनाएर संसदमा दर्ता गरेका छौं’ सहरी विकासमन्त्ती मोहम्मद इस्तियाक राईले भने, ‘विधेयक संसदबाट पारित गरेर यसको आधारमा नियमावली र कार्यविधि बनाई कार्यान्वयन अघि बढ्छौं ।’ उनले आगमी पाँच देखि दशवर्षभित्र आवासविहीन नेपालीको अन्त्य गर्ने गरी मन्त्तालयले योजना अघि बनाएर अघि बढ्ने बताए ।

You might also like

Comments are closed.