दसैंको अवसरमा पोखरा उद्योग वाणिज्य संघमा चियापान तथा शुभकामना आदान प्रदान

आर्थिक आवाज
पोखरा, १५ असोज । पोखरा उद्योग वाणिज्य संघले दसैं, तिहार, नेपाल संवत् र छठको उपलक्ष्यमा बुधबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चियापान तथा शुभकामना कार्यक्रममा पोखरामा रहेका प्रशासनिक तथा सुरक्षा निकाय, विभिन्न संघ÷संस्थाको प्रमुख तथा प्रतिनिधिहरु, संघका पूर्वअध्यक्षहरु, बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि एवं संघका साधारण सदस्यहरुको सहभागिता थियो ।

 

संघले हरेक वर्ष चाडबाडको बेला चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ । चियापान तथा शुभकामना कार्यक्रममा सहभागीहरुलाई संघका अध्यक्ष दामु अधिकारीसहित पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले स्वागत गरेका थिए ।

चियापान कार्यक्रममा उपस्थित अतिथिहरुको स्वागत गर्दै संघका अध्यक्ष दामु अधिकारीले सद्भाव र खुसी लिएर आउने पर्वको अवसरमा शुभकामना साँटासाँटले आत्मियता बढाउने धारणा राखे । काममा विश्वास गर्ने निजी क्षेत्र सदैव सकारात्मक सोचका साथ आफ्नो काममा लाग्नुपर्ने बताउँदै उनले चियापानमा भएको सहभागिताप्रति हार्दिक कृतज्ञता पनि ज्ञापन गरे ।

You might also like

Comments are closed.