दसौं क्यान इन्फोटेक सुरु, सूचना तथा प्रविधिको विकासमा जोड

आर्थिक आवाज
पोखरा, २० फागुन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले आयोजना गरेको दसौं संस्करणको ‘क्यान इन्फोटेक’को सोमबार सुरु भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिना तथा कानुनी व्यवस्थामन्त्री हरिबहादुर चुमानले इन्फोटेकको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले २१औं सताब्दीलाई सूचना प्रविधिले नेतृत्व गर्दै आइरहेको बताए । सरकारले सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै पोखरामा प्रदेश आइटी पार्क बनाउन लागेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका अध्यक्ष हेमन्त चौरासियाले क्यानले सातै प्रदेशमा सूचना प्रविधि मेला आयोजना गरेको बताउँदै प्रविधिको विकासम मेला सहयोग हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले प्रविधिमा चासो राख्नेहरुका लागि मेला उपयोगी हुनुपर्ने बताए ।

क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, भायानेट प्रालिका पोखरा शाखा प्रमुख कृष्ण सुवेदी, आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछाने, क्यान कास्कीका उपाध्यक्ष विश्वास भण्डारी, सचिव विकास भुर्तेल लगायतले बोलेका थिए । सूचना तथा प्रविधिका क्षेत्रमा चासो राख्नेहरुलाई लक्षित गरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित क्यान इन्फोटेक फागुन २५ गतेसम्म चल्नेछ । कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यले इन्फोटेक आयोजना गरिएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

MANASLU

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिए । दसौं संस्करणको प्रदेश स्तरीय क्यान इन्फोटेकसँगै सातौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल पनि प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ । महोत्सवको आइतबार गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...