दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखासहित कारोबार प्रारम्भ

आर्थिक आवाज
काठमाडौं, १० चैत । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङको घोराहीमा आयोजित एक विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले शाखाको उद्घाटन गरे ।

शाखाको उद्घाटनका अवसरमा बोल्दै ढकालले करिव बीस वर्षअघिदेखि नै आइएमई उद्घाटन ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङमा स्थापना गरिँदै आएको स्मरण गरे । आम सेवाग्राहीहरूलाई सबै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप दाङको घोराहीमा आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताए ।

आइतबार नै सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संयूक्त रुपमा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आइएमई ग्रुपका अध्यक्ष ढकालले समय अनुरुप सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिका लागि आफ्नो समूह सक्रिय रहेको जानकारी गराउदै जीवन बिमाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सर्वोत्तम विकल्प भएको धारणा व्यक्त गरे ।

दुवै उद्घाटन समारोहमा उदोग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुवराज श्रेष्ठ (भारी) र भरत आचार्य, राष्ट्रि«य समाचार समितिका संचालक एवं सम्पादक एकराज पाठक, स्थानीय उद्योगी व्यवसायी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंह लगायत आइएमई ग्रुपका कार्यरत उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजीवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामीण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.