दारी ग्याङको तेस्रो वार्षिकोत्सव पोखरामा सम्पन्न

पोखरा, ६ फागुन

सामाजिक सञ्जाल मार्फत एकजुट भई समाजमा योगदान दिदैं आएको दारी ग्याङले स्थापना भएको तिन वर्ष पुगेको उपलक्ष्यमा तेस्रो वार्षिकोत्सव मनाएको छ । सोमबार पोखरामा एक कार्यक्रमको आयोजना गर्दै दारी ग्याङले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा दारी ग्याङले हाल सम्म गरेका कामहरुको विषयमा जानकारी दिनुको साथै भावी योजनाहरु प्रस्तुत गरेको थियो । दारी ग्याङका संयोजक वसन्त पाहारीका अनुसार विगत ३ वर्षमा पोखरा र देशभर गरेका सामाजिक कामहरुको विषयमा जानकारी गराइएको थियो ।

jutta mela

अब छिट्टै दारी ग्याङले नेपाल भरिको विस्तृत भेलाको आयोजना गर्ने संयोजक पाहारीले बताए । ‘दारी ग्याङको गु्रप दर्ता सङ्गै नयाँ विचारका साथ अघिका कार्यक्रमहरु सञ्चालन गरिने योजन पनि छ’ , उनले भने ।

कार्यक्रममा दारी ग्याङलाई सहयोग गर्ने सबै क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको थियो ।
न्युरोडको हिमालयन रिडर्स कर्नरमा भएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, गैर सहकारी संस्था महासंघका पदम पहारी, गण्डकी प्रदेशका इन्सेक प्रमुख शिव खकुरेल, पोखरा उद्योग बाणिज्य संघका सदस्य सोभियत पौडेल, नागरिक समाज सन्जालका संयोजक विष्णु बराल, स्टेप अप क्याम्पेनका गोपाल श्रेष्ठ, क्षेत्रिय रक्तसंचार केन्द्र गण्डकी हस्पिटलका धुर्ब लामिछाने र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थ राज अवस्थीको सहभागिता थियो ।

कार्यक्रम माथी प्रकाश पार्दै दारी ग्याङको इतिहासका विषयमा पूर्व संयोजक शेखर गौतमले जानकारी गराए । केक काटेर मनाइएको वार्षिकोत्सव कार्यक्रममा सबैलाई स्वागत महेन पहारीले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका प्रमुख डोलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन अभिमन्यु विक्रम पाण्डेले गरेका थिए ।

You might also like

Comments are closed.