‘दाहुवाका सिसी टिभीले ग्राहकको विश्वास जितेको छ’

ई. रञ्जित सिं
प्रवन्ध निर्देशक, इथ्रि सेल्स एण्ड सर्भिस

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पोखरा लगायत देशभर सिसी टिभी जडान गर्ने क्रम बढेको छ । सिसी टिभी जडान गर्ने क्रम बढेसँगै यसको व्यापारमा पनि बृद्धि भइरहेको छ । नेपालमा बिक्री भइरहेका विभिन्न ब्राण्डका सिसी टिभी मध्ये दाहुवा ब्राण्डलाई इथ्रि सेल्स एण्ड सर्भिस प्रालिले नेपालमा भित्र्याएको हो । विश्वप्रशिद्ध दाहुवा ब्राण्डका सिसी टिभीका विशेषता, नेपालको बजार लगायत विविध विषयमा केन्द्रित रहेर इथ्रिका प्रवन्ध निर्देशक ईं रञ्जित सिंहसँग आर्थिक आवाजले गरेको कुराकानीको सार :

दाहुवा कस्तो ब्राण्ड हो ?
दाहुवा एक अन्तर्राष्ट्रियस्तरको ब्राण्ड हो । करिव १ सय ८० भन्दा धेरै देशमा यो ब्राण्डको प्रयोग भएको छ । बिगत ८ वर्षदेखि इथ्री सेल्स एण्ड सर्भिसले दाहुवाका उत्पादन नेपाली बजारमा भित्र्याएको हो । दाहुवाका सिसी टिभी संसारकै उत्कृष्ट ३ मा पर्न सफल भएका छ ।

दाहुवाका के–कस्ता उत्पादन बजारमा पाइन्छन् ?
ग्राहकको आवश्यकतालाई महशुस गरी विभिन्न सामान हामीले भित्र्याएका छौं । हामीसँग सिसी भि.भी बाहेक एसेस कन्ट्रोल, होटल लक सिस्टम, स्कुल म्यानेजमेन्ट सिस्टम, भेइकल म्यानेजमेन्ट सिस्टम हामीसँग छन् । हामीसँग भर्टिकल वाइज प्रोडक्टहरु छन् । बैकिङ क्षेत्र, हस्पिटल, स्कुल तथा कलेज, रोड सर्भिलेन्स हाम्रो टार्गेट ग्रुप हुन् । यीनै क्षेत्रमा हाम्रो काम पनि भइरहेका छन् र माग पनि बढिरहेको छ । सिसी क्यामरासँगै दाहुवाको स्मार्ट डोरलक, होटल डोरलक, एक्सेस कन्ट्रोल डिभाईस, टु वे कम्युनिकेसन सिस्टम भएको वाइफाई क्यामरा, वित्तीय संस्थाका लागि उपयोगी नोट पहिचान गर्ने भेरीफोकल क्यामराका साथै सडक सुरक्षाका लागि प्रयोग हुने विशिष्ट खालको पिटिजेट क्यामरा पनि हामीसँग छन् ।

ग्राहकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
हामीले गुणस्तरीय सामानका साथै स्तरीय सेवा प्रदान गर्न सफल छौं । हाम्रो सेवाबाट ग्राहक पूर्ण सन्तुष्ट भएको हामीले पाएका छौं । अहिले हरेक चिज सफ्टवयर बेश भएको छ । दाहुवाको सफ्टवयर पार्ट प्रयोगकर्तामैत्री छ । यसमा प्रयोग भएको हार्डवयर उच्च गुणस्तरको छ । यसले विजनेश अनुसारको सिस्टम दिन्छ । कुन र कस्तो ठाउँमा प्रयोग गर्ने हो त्यसै अनुसार सामान छान्न सकिन्छ ।

नेपालमा यसको प्रयोग कस्तो छ ?
अहिले हामी नेपाल भरी नै पुगेका छौं । हामीसँग हाम्रो आधिकारिक बिक्रेता हुनुहुन्छ जसलाई हामी च्यानल पार्टनर भन्छौं । करिब ४५ स्थानबाट हामीले सेवा प्रदान गरिरहेका छौं । नेपालको संरचना अनुसार दुर्गम स्थानमा पनि हामी सेवा बिस्तार गर्दैछौं । यसको प्रयोगको लागि पोखरा राम्रो स्थान हो । यहाँका होटलमा यस्ता सामान प्रयोग गर्न सकिन्छ । रोड सर्भिलेन्सको पनि यस क्षेत्रमा आवश्यकता छ । पोखरा पर्यटकको रोजाईको शहर हो । पर्यटकको उचित सुरक्षा हुनु आवश्यक छ । सरकारीस्तरबाट नै रोड सर्भिलेन्सको प्रयोगको लागि पहल गर्नु आवश्यक छ ।

दाहुवाका विशेषता के–के हुन् ?
बिगतका केही घटनालाई पनि उदाहरणको रुपमा लिन सकिन्छ । रोड सर्भिलेन्स मार्फत विभिन्न देशमा अपराधी पनि पत्ता लागेका छन् । सेक्युरिटीको हिसावले पनि राम्रो छ । मानिस ढुक्क भएर घर बाहिर जान सक्छन् । सिसी टि.भी. लगायत विभिन्न अल्राम पनि यसमा हुन्छ ।

पोखरा क्षेत्रमा दाहुवाको बिक्री कस्तो छ ?
आयुसा इन्टरनेशनल न्युरोड पोखराले दाहुवाका सिसी टिभी तथा सेक्युरिटी सम्बन्धी सामग्रीको पोखरामा क्षेत्रमा बिक्री गर्दै आइरहेको छ । सिसी टिभीको बिक्रीका प्रयोगकर्ताहरु पोखरा क्षेत्रमा बढिरहेका छन् । कमर्सियल लगायतका अधिकांश बैंकिङ क्षेत्र, सहकारी, पर्यटन, शिक्षा, अस्पताल लगायत सुरक्षाका लागि दाहुवाका सिसी टिभीको माग पोखरा क्षेत्रमा पनि वर्षेनी बढिरहेको छ ।

You might also like

Comments are closed.