दिवंगत देवीमायाका परिवारलाई लेउवा संघको साथ

आर्थिक आवाज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायी सदस्य स्वर्गीय देवि माया उप्रेती पौडेलको परिवारलाई आर्थिक सहयोग गरेको छ । संघको व्यवसायी सदस्य भएर पोखरा २६ को बुढिबजारमा देवी खाजा घर संचालन गर्दै आएकी पौडेलको गत पुस २ गते ४९ वर्षको उमेरमा निधन भए पछि संघले स्थापना गरेको राहत कोषबाट शुक्रवार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

पोखरा २७ गच्छा फाँटमा बसोवार गर्दै आएका स्वर्गीय पौडेलको परिवारलाई लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, महासचिव गोपिचन्द्र वास्तोला लगायत कार्यसमितिका सदस्य र व्यवसायीहरुको उपस्थितीमा स्वर्गीय पौडेलका श्रीमान कृष्ण प्रसाद पौडेललाई उक्त रकम हस्तान्त्रण गरिएको हो ।

संघले व्यवसायी सदस्यको हितका लागि समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र व्यवसायी सदस्यका नजिकका आफन्तको मृत्यु भएमा राहत प्रदान गर्दै आएको छ । यस अघि संघ कै कार्यसमिति सदस्य सरोज अधिकारी र हरि प्रसाद पौडेलको परिवारलाई पनि संघले ५० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

You might also like

Comments are closed.