दिवंगत भण्डारीका परिवारलाई लेउवा संघको सहयोग

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायी सदस्य स्वर्गीय रेशमलाल भण्डारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । संघको व्यवसायी सदस्य भण्डारीले पोखरा ३० को शिसुवामा कृपा सपिङ सेन्टर संचालक गर्दै आएका थिए ।

भण्डारीको गत चैत २४ गते ६३ वर्षको उमेरमा निधन भएपछि संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट आइतबार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

पोखरा ३० शिसुवामा बसोवास गर्दै आएका स्वर्गीय भण्डारीको परिवारलाई लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, उपमहासचिव राजु सुवेदी लगायत कार्यसमितिका सदस्य र व्यवसायीहरुको उपस्थितिमा स्वर्गीय भण्डारीका छोरी सुमन भण्डारी सापकोटा र कृपा भण्डारी आचार्यलाई उक्त रकम हस्तान्त्रण गरिएको हो ।

संघले व्यवसायी सदस्यको हकहितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा ५० हजार रुपैयाँ र व्यवसायी सदस्यका नजिकका आफन्तको मृत्यु भएमा राहत स्वरुप ५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । यस अघि संघ कै कार्यसमिति सदस्य सरोज अधिकारी लगायत अन्य दुई जनाको परिवारलाई पनि संघले सहयोग गरिसकेको छ ।

स्वर्गीय भण्डारी विगत लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित थिए । उनका दुई छोरी र नाती नातीनाहरु छन् । श्रीमतीको चार महिना अगाडि निधन भएको थियो ।

You might also like

Comments are closed.