दीपक मनाङेको सपथ रोकियो

पोखरा, २२ पुस । मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) को सपथ रोकिएको छ । ज्यान मुद्धामा जेल बसेर छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनलाई देखाउँदै उनको सपथ तत्कालका लागि रोकेका छन् । परामर्श समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । सांसदहरु राजीवलाई सपथ खुवाउने कि नखुवाउने भन्ने विषयमा दुई धारमा देखिएका थिए ।

You might also like

Comments are closed.