दीपज्योती सहकारीको एसएमएस बैंकिङ सेवा

दीपज्योती बचत तथा ऋण सहकारी संस्था पोखराले एसएमएस बैंकिङ सेवा सुरु गरेको छ । सोमबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष रुद्र नारायण मल्लले सेवाको शुभारम्भ गरेका हुन् । नौ सय उनान्सय रुपैयाँ भन्दा बढी कारोबारको पूर्ण जानकारी सेयर सदस्यलाई अबदेखि एसएमएस मार्फत दिइने मल्लले जानकारी दिए ।

एसएमएस सेवा लिएबापत वार्षिक २ सय रुपैयाँ सेवा शुल्क लाग्नेछ । ‘सहकारीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउने क्रममा एसएमएस बैंकिङ सेवा सुरु गरिएको हो,’ अध्यक्ष मल्लले भने । सहकारीमा ८ सय ६३ जना सेयर सदस्य छन् । ४ करोड ८५ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीले वार्षिक कारोबार २७ करोड रुपैयाँ भन्दा बढी गर्न सफल रहेको प्रवन्धक दीपक शर्माले जानकारी दिए ।

सहकारीको निक्षेप संकलन २० करोड रुपैयाँ र ऋण लगानी २२ करोड रुपैयाँ छ । ‘सफलताको लागि दीपज्योतीको साथ’ नाराका साथ सहकारीले कारोबार गरिरहेको छ । कास्की जिल्ला कार्यक्षेत्र रहेको सहकारीले व्यावसायिक, घरजग्गा, कृषि, व्यक्तिगत लगायतका शीर्षकमा कर्जा लगानी गरिरहेको अध्यक्ष मल्लले बताए ।

You might also like
1 Comment
  1. Sapna says

    Good job..keep it up

Comments are closed.