दुई स्मृति ग्रन्थ विमोचन

पोखरा, १६ पुस । समाजमा पु¥याएको योगदानको चर्चा गर्दै पोखराबाट दुई पुस्तक प्रकाशन भएका छन् । पोखरा लेखनाथ महानगर पालिका २३ मा पर्ने साविकको भदौरे तामागी गाविस ५ चैनपुर निवासी तिन जनाले समाजमा पु¥याएको योगदानको बारेमा पुस्तकमा उल्लेख गरिएको छ । स्व. पडिण्त अग्निधर तिमिल्सिना, स्व. आवाल ब्रह्मचारी भवानीप्रसाद तिमिल्सिना र स्व.जयभद्र गोतामे (गौतम) को स्मृति ग्रन्थ प्रकासन भएको हो ।

सिद्ध समाज हर्पन चैनपुर पोखरा कास्कीले प्रकाशन गरेका पुस्तकको संस्थाका सल्लाहाकार गंगाधर तिमिल्सिनाले विमोचन गरे । उनले पुस्तकले वर्षै पहिले समाजलाई दिएको योगदानको पछिल्लो पुस्ताले थाहा पाउने गरि पुस्तकमा आएको बताए । उनले नयाँ पुस्तालाई समाज सेवा गर्न पुस्तकले प्रेरणा दिने बताए । उनले समाजलाई दिएको शिक्षाले नै अहिले त्यस क्षेत्रको विकासमा योग्दान दिएको बताए ।

पुस्तकको समिक्षा गर्दै सस्थाका संस्थापक अध्यक्ष गोपाल प्रसाद पौडेल र ठाकुर प्रसाद पराजुलीले समाज विकासमा योगदान दिएका उनीहरुको जस्तै अन्य लुकेका अन्य प्रतिभाको पनि पुस्तक प्रकासनमा समिति लाग्नु पर्ने बताए । कार्यक्रममा मेघनाथ पौडेल, नारायण प्रसाद गौतम, यमनाथ तिमिल्सिना, विश्वेशवर पराजुली लगाएयले पुस्तकको बारेमा चर्चा गरेका थिए । दुबै पुस्तकको प्रा. डा. मोतीलाल पराजुली, उपप्रा. विश्वनाथ पौडेल, सह प्राडा यमनाथ तिमिल्सिना, उपप्रा कपिलमणि दाहाल, विश्वेश्वर पराजुली, शिवराज कोइराला, जनकराज पराजुलीले पुस्तकको सम्पादन गरेका छन् ।

You might also like

Comments are closed.