दुग्ध दिवसमा डेरी एसोसिएसनद्वारा पोखरा वृद्धाश्रमलाई सहयोग

पोखरा । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशले विश्व दुग्ध दिवसको अवसरमा पोखरा वृद्धाश्रमलाई सहयोग प्रदान गरिएको छ । वृद्धाश्रमका वृद्धवृद्धाहरुका लागि दुग्ध पदार्थ सहयोग गरिएको एसोसिएसनका गण्डकी प्रदेश संयोजक शिवहरि आचार्यले जानकारी दिए ।

शनिबार देशभर दुग्ध दिवस मनाउने क्रममा पोखरामा पनि मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सप्त गण्डकी दुग्ध सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेलले मानिस जन्मदेखि मृत्युसम्म दूधको आवश्यकता पर्ने भएकाले यसको महत्व रहेको बताए ।

नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्र बजगाईको सभापतित्वमा आयोजित कार्यक्रममा दुग्ध व्यवसायको वर्तमान अवस्थाका बारेमा समेत चर्चा गरिएको थियो । सामाजिक कार्य गरेर दिवस मनाउने सन्दर्भमा वृद्धाश्रमलाई सहयोग गरिएको उनले बताए ।

You might also like

Comments are closed.