दुलेगौंडामा पोखरा रोयल सहकारीको सेवा केन्द्र

आर्थिक आवाज
दुलेगौंडा (तनहुँ) । पोखरा रोयल सहकारी संस्था लिमिटेडले तनहुँको दुलेगौंडामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्लागण्डकी–४, बीपीचोकमा रहेको कार्यालयको शनिबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ उ्दघाटन गरे ।

उक्त अवसरमा बोल्दै मन्त्री गुरुङले कानुनको दायरा भन्दा बाहिर रहेको पुँजीले सम्वृद्धि हासिल नहुने उल्लेख गरे । ‘जहाँजहाँ कानुनको कमजोरीहरु छन्, त्याहाँ रहेर कमाउने सोँच छ, अब त्यो त्याग्नुपर्छ,’ उनले थपे, कानुन छैन, यसरीनै कमाउनुपर्छ भन्नेतर्फ लाग्नुहुदैन । कानुन आज छैन भने भोली पक्कै बन्ने छ ।’ मन्त्री गुरुङले पुँजी चलायमान भयो भने मात्र नेपाली रुपैयाको मुल्य बढ्ने उल्लेख गरे ।

सहकारीका सचिव भीम बहादुर गुरुङले ग्रामीण भेगमा समेत सेवा दिने उद्देश्यले सहकारी दुलेगौंडा ल्याएको बताए । पोखराको बुद्धचोकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको सहकारीको भण्डारढिकमा सेवा केन्द्र मार्फत सेवा प्रदान भइरहेको छ । सहकारीमा पोखरामै पहिलोपटक एटिएम सञ्चालनमा ल्याएको सहकारीले दुलेगौंडामा पनि एटिएम सेवा उपलब्ध गराउने सचिव गुरुङले जानकारी दिए । सो अवसरमा पहिलो शेयर सदस्य, एटिएम प्रयोगकर्तालाई क्रमशः एटिएम कार्ड र शेयर प्रमाण पत्र प्रदान गरिएको थियो । सहकारी आएको करिव २ हप्तामा मात्रै यस क्षेत्रका ६ सय बढि शेयर सदस्यमा आवद्ध भएको सहकारीका मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

कास्की, स्याङजा, तनहुँ र लमजुङ कार्यक्षेत्र रहेको सहकारीमा ५ हजार ९ सय ३३ जना शेयर सदस्य छन् । २०५९ जेठ ८ गते स्थापित सहकारीको १९ करोड शेयर पँुजी रहेको अध्यक्ष मे. तुलसीप्रसाद गुरुङले जानकारी दिए । १ अर्ब १९ करोड रुपैया बचत संकलन रहेको संस्थामा १ अर्ब २३ करोड लगानी छ ।

You might also like

Comments are closed.