दूधको महत्व तथा पौष्टिक तत्वहरु

ऐतिहासिक पृष्ठभुमिः

विश्व दुग्ध दिवस विश्वभरि नै जुन १ को दिन मनाउने गरिन्छ । यो दिवस विश्व भरिको धेरै देशहरुको सहभागितामा पहिलो पटक २००१ बाट मनाउन शुरु भएको पाइन्छ । यो दिवस मनाउने प्रचलन वर्षै पिच्छे बढ्दो छ । विश्वभरिका देशहरुले दूध तथा दुग्ध उद्योगहरुको क्रियाकलापहरुको प्रचारप्रसार गर्न विश्वभरि नै ध्यान केन्द्रित गर्न यो दिवस मनाउने गरिन्छ । मलेशिया, कोलम्बिया, रोमानिया, जर्मनी, संयुक्त राज्य अमेरिकाबाट यो दिवश मनाउन शुरु भएको पाइन्छ ।

दूध के हो ?

दूध भन्नाले स्वस्थ गाई वा भंैसीको थूनबाट दुहेको र स्वभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनु पर्दछ । जुन पशु ब्याएको ५ दिनपछि र व्याउनुभन्दा कमसेकम २ महिना अगाडि दुहिएको हुन्छ । (स्टान्डर्ड मिल्क ३ प्रतिशत फ्याट ८ प्रतिशत एसएनएफ)

गाईको दूध भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ ७.५ प्रतिशतभन्दा घटि नभएको दूध र भैसीको दूध भन्नाले ५ प्रतिशत दूधको चिल्लो र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ ८ प्रतिशत भन्दा घटि नभएको हुनुपर्दछ ।

नेपालको कुल दूध उत्पादनको करिव ७० प्रतिशत योगदान भैसीबाट र ३० प्रतिशत योगदान गाईबाट भएको पाइन्छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा करिव १२ प्रतिशत योगदान छ । कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रबाट करिब एक तिहाई योगदान छ । डेरि क्षेत्रबाट १२.३६ प्रतिशत रहेको छ । नेपालमा दूधको उत्पादन वृद्धिदर करिव ५ प्रतिशतले भएको देखिन्छ । नेपालमा हाल दूध उत्पादन ३ सय ३ लाख मेट्रिक टन छन् ।

दूधको महत्व तथा पौष्टिक तत्वहरु :

पौष्टिकताको दृष्टिकोणले दूध एक सर्वोत्तम र सन्तुलित आहार हो जुन बालक, वृद्ध, रोगी सबैका लागि त्यतिकै महत्वपूर्ण मानिन्छ । दूधको सामाजिक तथा धार्मिक महत्व छ । यसको अतिरिक्त विगौति दूधले नवजात शिशुलाई प्रशस्त मात्रामा शक्ति, प्रोटिन, भिटामिन, खनिज पदार्थ प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।

दूधको पौष्टिक महत्वः

jutta mela

दुधमा निम्नानुसारको पौष्टिक तत्वहरु पाइन्छ

१ प्रोटिन
२ फ्याट
३ ल्याक्टोज
४ खनिज लवणहरु
५ भिटामिनहरु
६ पानी

सफा दूध उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरुः

दूध मानिसको सर्वोत्कृष्ट भोजनमा पर्दछ । दुध पोषिलो भोजन हो । यसमा धेरै हानिकारक शुष्म जीवले पनि आक्रमण गर्न सक्ने र दूधको गुणस्तर विगार्न सक्दछ । यदि दूध सफा र स्वच्छसंग उत्पादन गर्न सकिएन भने मानिसको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्दर्छ ।

– दूध उत्पादन गर्ने कृषकले सबै भन्दा बढि सफा दूध उत्पादन गर्न ध्यान दिनुपर्छ ।
– संकलनकर्ताले पनि दूध सफा राख्न होसियार हुनुपर्छ ।
– ढुवानिकर्ताले पनि ध्यान दिनुपर्छ ।
– प्रशोधन गर्ने स्थानमा पनि ध्यान दिनुपर्छ ।
– दूध भण्डारणको लागि उपयुक्त तापक्रम ४ देखि ५ डिग्री से. को तापक्रम मिलाउनु पर्छ ।
– दूधलाई छानेर क्यानमा राख्नु पर्दछ ।
– दूध दुहुने वाल्टिन सफा राख्नु पर्दछ ।
– दानापानी सफा दिनु पर्दछ ।
– दूध संकलन केन्द्रबाट सकेसम्म छिटो प्रशोधन केन्द्रसम्म पु¥याउनु पर्दछ ।
– आन्तरिक तथा वाह्य परजिवीको औषधीहरु समय समयमा उपचार गर्नुपर्दछ ।
– महामारी सरुवा रोगको विरुद्धको खोप समय समयमा लगाउनुपर्छ ।

सफा दुध उत्पादनका व्यवस्थापनका पक्षहरुः

गाई भैसी पालनको मुख्य उद्देश्य भनेकै दूध उत्पादन हो । दूध मानिसले खाद्य पदार्थको रुपमा प्रयोग गर्दछन् । त्यसैले गाई भैसी पालक कृषकहरुले जति सक्दो बढि दूध उत्पादन कसरी गर्न सकिन्छ त्यसमा तल्लिन रहनुपर्छ । आफ्नो फार्ममा सफा दूध र स्वच्छ दूध उत्पादन गर्नतर्फ लाग्नुपर्छ । दूध किटाणु र विषाणुबाट मुक्त र मानव उपयोगी हुनुपर्छ । दूधको स्वच्छता कायम राख्न उत्पादन संकलन प्रशोधन र बजारीकरणसम्म उचित ध्यान दिनुपर्दछ । निम्नानुसारको विषयहरुमा ध्यान दिनुपर्छ ।

१. गाई भैसीको गोठ व्यवस्थापन ।
२. गाई भैसीको स्वास्थ्य व्यवस्थापन ।
३. गाई भैसीको आहाराको व्यवस्थापन ।
४. दूध दुहुने व्यक्तिको स्वास्थ्य व्यवस्थापन ।
५. दूध दुहुने भाडाको सरसफाई ।
६. दूध संकलन तथा ढुवानी व्यवस्थापन ।

जन चेतना जगाई नाकारात्मक सामाजिक हटाउन नेपालमा पनि केहि वर्ष यतादेखि दुग्ध दिवस मनाउदै आइएको छ ।

You might also like

Comments are closed.