दूधमा आत्मनिर्भर बन्न भाबी नयाँ योजनाका साथ अगाडि बढौं

पुण्यप्रसाद पौडेल

हाम्रो देशमा  दूध भन्नाले भैसीं , गाई र चौरीगाई लगायत अरु चौपायका कल्चौडाबाट आउने सेतो तरल पर्दाथलाई बुझिन्छ । अरु देशमा बाख्रा, भेडा, उँट लगायत चौपायबाट पनि संकलन गरिन्छ । जब मानिस घुमन्ते युगबाट स्थाइ बसोबासको अबस्थामा आइपुग्दा शिकारले मात्र आहारको परिपूर्ति नभएर अभाब हुने हुदा सो अभबलाई टार्न जंगली जनावरलाई पाल्न शुरु गरे पछि दूध पनि उपभोगमा ल्याउन शुरु गरे । दूध यो मानब समाजमा बालक देखि बृद्धसम्म सबैका लागि अति अबस्यक उपभोग्य बस्तु बन्न गएको छ । हाल डब्लु एच ओ को मापदण्ड अनुसार प्रति ब्यक्ती ९० लिटर बार्षिक आबश्यक पर्छ भनेर निर्देशित गरेको छ । तर नेपालमा हालसम्म प्रति ब्यक्ती ६४ लिटर उपभोग गरेको तथ्याङक देखिएको छ । दुधलाई पहिला पहिला हाम्रो समाजमा ब्यापारको लागि योग्य मानिदैनथ्यो । तर आजकल दूध बेचेर शहरी क्षेत्रबाट प्रति दिन २५० लाख भन्दा बढी रकम ग्रामिण क्षेत्रमा देैनिक प्रबाह भइरहेको छ । दुध उत्पादनमा प्रतिबर्ष बृद्धि हुदै गएको छ । केहि बर्ष अघि दुध बिदा हुने गरेकोमा ५, ६ बर्ष जती भयो बिदा सुनिएको थिएन तर यसबर्ष दूध बिदा(मिल्क होलीडे० सुनिन आएको छ । तर दुधको उत्पादन ३ं.५ प्रतिशतले बृद्धि भएको छ मागमा १५ प्रतिशतले बढेकोले मागको तुलनामा आपूर्ति पनि क्रमस बृद्धि भएको छ तर मागलाई पुरागर्ने सामथ्र्य देखिदैन । यद्यपी यो तथ्यले दूध बिदा नहुनु पर्ने हो । दूधको माग बढेका कारणले मानिसमा पशुुपालन तर्फ आकर्षण बढेको छ । तर यस पेशालाई अझ आकर्षित बनाउन अझै सकिएको छैन । आकर्षित.गराउन धेरै काम गर्न आबस्यक छ । दूध भन्ने बित्तिकै गाई भैसीको भन्ने कुरा बुझिन्छ । नेपालमा कुल गाई संख्या ७२,४३,९१६ छन् ति मध्य मात्र १०,२४,५१३ ले मत्र दूध दिन्छन उत्पादन ५,३२,३०० मेट्रिक टन दूध बार्षिक हुन्छ । भैसी तर्फ कुल संख्या ५१,७८,६१२ छ जसमध्य दूध दिनेको संख्या १३,४५,८३७ मात्र छन र तिन्ले दिने दूध ११,६७,७७३ मेट्रिक टन मात्र उत्पादन हुन्छ । देशको कुल उत्पादन १७००,०७३ मेट्रिक टन मध्यमा केबल १४ प्रतिशद दूध मात्र बजारमा बिक्री गरिन्छ । बेचिने दूध २,३८,९१० मेट्रिक टन प्रति लिटर रु.४५। को दरले बिक्री गर्दा पनि किसान कँहा १०७५० मिलियन रुपैयाँ पुग्दो रहेछ । यो कुराले किसानको नगद आम्दानीको भरपर्दो श्रोत लिन सकिन्छ । कुल गाईका १४ प्रतिशतले मात्र दुध दिन्छन भने भैसीमा पनि २६ प्रतिशतले दुध दिनेगरेका तथ्याङबाट देखिन्छ । अरु सबै पशुहरु अनउत्पादक देखिन्छन् ।

किसानबाट पशुपालनमा आधुनिकीकरणका गर्नका लागि प्रविधी, पूजिँ, बजार को सुनिश्चितता आबस्यक पर्दछ । प्रविधीमा उच्च नश्लका पशु पनि त्यतिनै अबस्यक पर्दछन् किनभने स्थानिय जातका पशुबाट पाइने दूधको तुलनामा उच्च नश्लका पशुबाट बढी पाइन्छ । जस्तो स्थानिय गाईबाट १ बेतमा ४५० लिटर, स्थानिय जातका भैसीबाट ९०० लिटर प्रति बेत हुन्छ भने उन्नत जातका गाईबाट ३०१५ लिटर प्रतिबेत र उन्नत भैसीबाट १५०० लिटर प्रति बेत न्युनतम दिन्छन् । अब ब्यवसायमा लाग्नको लागि उच्च नश्लका पशु पालन गर्दा बढी फाइदा हुदो रहेछ । पशुपालनलाई भरपर्दो र स्थाइ बनाउन निम्न बिषयलाई समेत संबोधन हुन जरुरत हुन्छ ।

आर्थिक प्रभाब
दूध बिक्री
पशु बिक्री
गोठको मल बिक्री
जोत्न गरुको उपयोग,उपयोग बिहिन पशुको ब्यबस्थापन
गाोबर ग्यस उत्पादन, उर्जाको उत्पादन ्
रोजगारीको बिकाश

समाजिक प्रभाब
शिक्षा
ब्यबशय ब्यबस्थापन
संचार
बतबरणिय प्रभाब
मुल्य श्रृखलाको बिकाश

समाजिक लगानी ,खानेपानी , बिजुुली, बाह्रै मास यातायात निश्चितता ,लागतको अनुरुपको पेशा आर्कषित गर्न दूधबिक्रीको आधारमा राज्यद्धारा अनुदानको ब्यवस्था (राज्यद्धारा सहकारीमा दूध दिने कृषकलाई) बजरमा बिक्री गरेबापत नाममात्राको अनुदान ब्यबस्था भएको छ । त्यो छैन बराबर भन्दा हुन्छ ।

किसानका समस्या :–
१ स्थानिय जातका पशु
२ परंपरागत पशुपालन तरिका
३ गुणस्थरिय पसुस्वास्थ पशु प्रजनन क्षेत्रमा पहुचमा कमी
४ कुल उत्पादनको केबल १५ प्रतिशत मात्र बजारमा जानु र बाँकी बजारमा नपुग्नु बजारमा दूध अभाब हुनु
५ युबा तथा दक्ष जनशक्तिको अभाब
६ बाह्रैमास पोषिलो र हरियो घाँसको अभाब
७ दूध उत्पादनमा उच्च लागत मुल्य निम्न जस्ले गर्दा पेशा प्रति किसानको अरुची
८ दूध तथा मासुको गुणस्तरको नियन्त्रण तथा नियमन प्रभाबकारी नहुनु
९ अन्य पेशा जस्तो संमानित रुपाम यो पेशालाई नलिनु ,
१० उत्पादन लागतको आधारमा बजारमा बस्तु बेचेको मुल्य प्राप्त गर्न नसक्नु
११. लागत न्युन गराउनलाई राज्यद्धारा बजरमा बस्तु बेचेको आधरमा अनुदानको ब्यबस्था नहुनु –(हाल बिश्वका सबै देशमा उत्पादनलाई प्रोत्साहानको लागि उत्पादन लागतलाई पक्रन वा अपुग श्रोतको समाधान गर्न प्रति इकाई अनुदानको ब्यबस्था भएको पाइन्छ । नेपालमा पनि यस्तो ब्यबस्था तत्कालै लागु हुनुपर्छ ।

अबसरका रुपमाः– दूध(पशुु) ब्यवसायका रुपमा लिन समयले नयाँ मौका दिन पनि खोजेको छ :

१. हाल बढिरहेकोे जनसंख्या शहरिकरण हुदै जाँदा दूध र मासुको मागमा बृद्धि हुदै गएको छ ।

२. ग्रमिण तथा दुर्गम क्षेत्रमा जहाँ कृषिमा यान्त्रिकरण गर्न असंभब छ त्यस्ता स्थानमा गोरु र राँगाको ढुवानीको रुपमा प्रयोग ।

.३ मलमुत्र प्रयोग गरि रसायनिक मलको कुप्रभाबबाट बचाई माटोको उर्वराशक्त्ति बढाउन , प्राङ्गारिक कृषि उत्पादन बढाउन , बैकल्पिक उर्जा उत्पादन बढाउनमा गोबर र झारपात समेतको उपयोग ।

४.बर्तमान सरकारले युबा डेरी कार्यक्रम, पाडापडी हुर्काउने कार्यक्रम, पशु बिमा कार्यक्रम, सहुलियत ऋृण कार्यक्रम, ,उपकरणमा सहुलियत कार्यक्रम र त्यस्तै अरु बिशेष अनुदान आदिले पनि पशुपालनमा आकर्षण बढेको छ । जस्तो की दूधमा प्रति लिटर १। रु. सहकारी मार्फत बिक्री गरेमा दिने र्कायक्रमले सहकारीमा आस्था केही न केही बृद्धि गरेको छ , अब सरकारले यदि राम्रो संग किसानले उत्पादित बस्तु बजारमा बेचेको आधारमा प्रति इकाइ दूध र मासुमा अनुदान उत्पादन लागतलाई भ्याउने गरि दिदा उत्पादन बृद्धि गरि अयात प्रतिस्थापन गर्ने नीतिलाई अझ बलपुग्ने छ । कृषकमा आकर्षण बृद्धि हुने छ ।

५ भियतनाम, चिन जस्ता मित्रराष्ट्रमा गुणस्तरिय मासुको माग धेरै भएकाले निर्यातको संभाबना रहेको छ । यदि मुल्य श्रृंङ्खलामा आधारित भएर दूध ब्यबस्थापन गर्न सके नयाँ रोजगारीको सृजना , बस्तुको आर्कषण मुल्यमा बृद्धि भएर उपभोक्तामा पनि सन्तुष्टी दिलाउन मद्दत पु¥याउछ । यो श्रृंङ्खला अन्र्तरगत लगानी इकाई, बित्तिय ब्यबस्थापन, किसान समुह सहकारी निमार्ण ,पोसिलो घाँस बाहैै मास उपलब्ध ,पशुपालन, ब्यपार(खुद्र र थोक साथै सुपर बजार), प्रशोधन कार्य, प्रशोधित दुध र दुग्ध पदार्थ , आम उपभोक्ता यि सबै मुल्य श्रृंङ्खलाका पात्र हुन् ।
नेपालमा हाल सम्म १८५५ सहकारी संस्थामार्फत १,१४,८३५ किसान प्रत्यक्ष संलग्न छन् , तिमध्य ८२,५२३ पुरुष र ३२,३१२ महिला उत्पादनमा लागेका छन् । नेपाल दूध उद्योग पुर्ण सरकारी छ त्यस्ले १,७६,९०,०५९ लिटर कच्चा दूध खरिद गरेर १,७०,५२,५९२ केजि पाउडर उत्पादन गरेको छ । निजी क्षेत्रबाट पनि दूध प्रशोधन गरेर बजारमा दिदै आएका छन दूध प्रशोधन गर्दै आएका उद्योगबाट कुल उत्पादनको कुल क्षमता ७,००,००० लिटर छ । यदि पुर्ण क्षमता लगाउने हो भने ८,५०,००० लिटर छ । सार्बजनिकमा डिडिसी ले २,००,००० लिटर क्षमता उत्पादित छ २,५०,००० लिटर अधिकतम क्षमता सम्म पुग्न सक्छ । दुध प्रशोधनमा सहकारी सस्थाको संलग्नता अत्यन्त कम छ । तिनलाई प्रशोधनका लागि प्रोत्साहान गरिनु पर्छ । हालको दुध बजारमा ठुला साना उद्योगबाट दैनिक ८,००,००० भन्दा बढी दूध प्रशोधन हुन्छ । निजी डेरिले पोखरामा र चितवनमा पाउडर दूध उत्पादन र हेटौडामा कनडेन्स दूध उत्पादन गर्दछन् । जसले नेपाली सेनाको आबस्यकता पुरा गरेको छ । यि उद्योगमा जुन उत्साहका साथ आएका छन् तिनमा सरकारबाट प्रोत्साहान हुनु पर्नेमा निरुत्साहित बन्दै गएका छन् । सरकारले यि उद्योगमा लगाउदै आएको भ्याट छुट यहि बर्षबाट हटाएको छ । यदि ति निजी उद्योगबाट पाउडर उत्पादनमा नआएको भए अहिले सम्म मिल्क होलिडे मनाइरहनु पर्ने थियो । तर पनि दूध उत्पादनमा जब किसान आकर्षण हुन्छन तब फेरी मिल्क हालिडे आउछ अहिले नआइहाले पनि हाल तराईमा मिल्क होलिडेका केही झिजल्का देखा परेको छन् । यसबाट दूधमा पुनः संकट आउन सक्ने स्थिती हो की ? साना र ठुला दुबै उद्योग खोलेर खुला दूध संग जुध्न परेको छ । यदि खुला दूध बेच्न लगाउने हो भने करोडौ रुपिया लगानीमा निजी क्षेत्रलाई किन ल्याउने ? यदि निजीहरुको लगानी आकर्षण गर्न पर्ने हो भने तिनका समस्यलाई पनि नीतिगत रुपमा सच्याइनु पर्छ । निजीलाई आकर्षण गर्दा राज्यले निर्यात प्रबर्धन गर्न सक्छ । हालै अएर निजी क्षेत्र आफुहरुलाई मर्का परेको छ भन्छन तर सुनिदिने सरकार बनेन कि कसो हो । हो पनि बिकशित देशमा खुला दूधको उपयोग पुर्ण निषेधित छ । हामी कँहा त्यस्तो नभएपनि किसानले आफ्नो उत्पादन त बेच्न पाओस तर सहकारीले झै घरघरबाट उठाएर क्यानमा ल्याउनु बुथ बनाएर बेच्न लगाउदा कतिको समय सापेक्षमा होला सरकारले सोच्नु पर्र्ने हो कि ? पूँजिपतिहरुलाई यसमा आकर्षण गराउन अन्य केही काम गर्नु पर्छ । कच्चा पर्दाथको सुनिश्चितता ,कम ब्याजमा ऋण, उनिहरुको लागि पुर्बाधारको सुनिश्चितता , करमा न्यायोचित ब्यबस्था गर्न आबस्यक छ । अब सरकारले पनि पूजिँपतिलाई लगानिमा अह्वान गरे पछि उनिहरुका मागमा सरकारले स्विकार गर्नु पर्छ र निरासाको आभास सरकारले दिन पनि हुदैन ।

तलको तालिका बाट नेपालीले हालको दुूधको उपभोगको अबस्था र डब्लु एच ओेको आधारमा आबस्यकता कति देखाइएको छ ।
दुधको अबस्थाका बारेमा हाल सम्मको तथ्याङ्किय हिसाब निम्न अनुसार छ :
१. २०७४। ०७५मा कास्कीमा २०५४ हजार बराबरको दैनिक ३९ हजार लिटर बिक्री भएको थियो ।

व्यवसायिक फर्म तथा संबन्धित मुल्य श्रृंखला मार्फत करिब ४३००५० म्यानडेज रोजगारी सृजना भएको छ ।

३ .यो .जिल्लाको आफ्नो उत्पादन बाहेक अन्य जिल्लाबाट दैनिक ४०,००० लि. दूध आउछ ।

४ . जिल्लाका सबै उद्योगहरु पुर्णरुपमा चल्ने हो आफ्नो उत्पादन ,हाल बहिरबाट आएको ४०००० लि . बाहेक दैनिक ६०००० लि. आबश्यक पर्छ । कास्कीको दूधको अबस्था माथीको तालिकाबाट पनि देखाउन सकिन्छ । पोखरामा खुला दुूध बिक्रीको अबस्था भयबह रहेको छ । अब दुई वा तिन बर्षमा यस्तै अबस्था रहेमा प्रशोधन उद्योग धरासायी हुनसक्ने माथीको तालिकाले देखाउछ । साच्चैे जनतालाई प्रशोधित दूध हैन अप्रशोधित दुध खान प्रोत्साहित उपभोक्तामा गरिएको भान हुुन लागेको छ । यस्तो अबस्था निम्त्याउने हाम्रा नीति निर्माता हुन् भन्ने बिषय दुई मत नहोला । गुणस्तरका बारेमा सरकार सचेत त हुन प¥यो तर खुला दूधमा पनि मापदण्ड छ छैन हेनु पर्छ । यो देशमा यदि नयाँ रोजगारी र आत्मनिर्भर दूध उत्पादन हुने हो भने नेपाल अरु क्षेत्रमा भन्दा दूध क्षेत्रमा बढी संम्भाबना अहिले संम्मको उत्पादिय तथ्याङ्कीय स्थितीले देखाउछ । दूधमा आत्म निर्भर ३ बर्ष भित्र भनिएको थियो त्यो त हुन सकेन अव पनि उचित नीति निर्माण गरेर मानिसमा आकर्षण गर्न सकेमा आत्मनिर्भर बनाउन सके अरु क्षेत्रमा भन्दा यो क्षेत्र बढी राम्रो देखिन्छ ।

४ नं प्रदेशमा दूधका अबस्थाबारेमा पनि छोटो चर्चा नगर्दा अपुरो होला जस्तो लागेर प्रदेशको अबस्था तलको तालिका बाट जनाकारी गराइन्छ । नबलपुरको कुल उत्पादनमा आधा मात्र गणना गरेको छु । किनकी नबलपुर जिल्ला टुक्रिएकाले कुल उत्पादनलाई झण्डै आधा गरिएको छ ।

सन्र्दभ समाग्री :–१ बालक चौधरी निर्देशक दूध बिकाश बोर्ड
२ पशुसेबा कार्यलय कास्कीको तथ्याङक
३ बाबूुकाजी पन्थ नि कार्यकारी दूध बिकाश बोर्ड
४ पश्चिमाञ्चल पशु सेबा निर्देशनालय कास्की

You might also like

Comments are closed.