दृष्टिबिहीनहरुद्वारा सञ्चालित उज्यालो बजारमा आगोलागी, करोडौंको क्षति भएको अनुमान

तस्बिर सौजन्यः सुदर्शन रञ्जित

पोखरा, २६ जेठ । पोखराको सिद्धार्थचोकस्थित उज्यालो बजारमा शुक्रबार राती आगोलागी भएको छ । आगोलागीबाट १७ वटा सटरमा पूर्ण क्षति भएका छ भने १७ वटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । राती १२ बजे लागेको आगो राती २ बजे नियन्त्रणमा आएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । विद्युत सटर भएर आगोलागी भएको प्रहरीको अनुमान छ । उज्यालो बजारमा दृष्टिबिहीहरुले सञ्चालन गरेका पसलहरु छन् । उज्यालो बजार सञ्चालन गर्ने उज्यालो प्रतिष्ठानका अध्यक्ष पार्वती पौडेलले आगलागीबाट करिब ५ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको जानकारी दिइन् । उज्यालो प्रतिष्ठान बाहेकका पसलमा पनि क्षति भएको उनले बताइन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...