देउसीभैलोबाट युनाइटेडको विपद व्यवस्थापन कोषमा साढे दुइ लाख

आर्थिक आवाज
पोखरा । युनाइटेड क्लबको विपद ब्यवस्थापन कोषमा २ लाख ५० हजार नगद संकलन भएको छ । सामाजिक कामको माध्यामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लब पोखराले दिपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट विपद ब्यवस्थापन कोषका लागि २ लाख ५० हजार नगद संकलन गरेको क्लवका महासचिव शान्ता बहादुर थापाले जानकारी दिए ।

स्थापना कालदेखि नै तिहारको बेलामा देउसीभैलो कार्यक्रमको आयोजना गरी अमरसिंह चोक वरपरका विभिन्न बस्तीहरुमा सौर्यबत्ती जडान गर्दै आइरहेको युनाइटेड क्लवले यो वर्षदेखि तिहारको वेलामा देउसीभैलो कार्यक्रमको आयोजना गरी विपद ब्यवस्थापन कोष स्थापना गर्न लागेको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार यो पटक देउसीभैलो कार्यक्रममा संकलित रकमबाट विपद ब्यवस्थापन कोष खडा गरी कोही कसैलाई प्राकृतिक विपत्तिबाट पीडित भएमा तत्काल सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो । क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षणमा महोत्सवको आयोजना गरी हरेक क्षेत्रमा २० प्रतिशत रकम खर्च गर्दै आइरहेको छ भने युनाइटेड क्लवको पहलमा पोखराको लेखनाथ स्थित पचभैयामा चिडियाखाना निर्माणको काम समेत तीब्र गतिमा अगाडि बढिरहेको गुरुङले बताए ।

गुरुङले आगामी पुसको २७ देखि माघको ८ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने नवौ संस्करणको पोखरा महोत्सवको तयारी समेत अगाडि बढेको जानकारी दिए ।

You might also like

Comments are closed.