देउसीभैलो खेल्दै हुनुहुन्छ ? समयको ख्याल गर्नुहोस्, पटका पड्काए कारबाही (प्रशासनको विज्ञप्तिसहित)

आर्थिक आवाज
पोखरा, १५ कात्तिक । तिहारका अवसरमा देउसीभैलो खेल्दै हुनुहुन्छ भने समयको ख्याल गर्नुहोला । नत्र कारबाहीमा पर्नुहोला । रातिको समयमा देउसीभैलो खेल्दा सुरक्षामा चुनौति बढ्ने हुँदा प्रशासनले समय तोकेको हो ।

राति १० बजेपछि देउसीभैलो नखेल्न जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचना जारी गरेको छ । विस्फोटक पदार्थ (पटाका) उत्पादन, आयात तथा विक्रीवितरण र प्रयोग नगर्न पनि प्रशासनले आग्रह गरेको छ । ‘यस बिपरितको कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ,’ सूचनामा उल्लेख छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...