देवघाटधाम विराट् ज्ञानमहायज्ञ हुने

तनहुँ,७ माघ
महेश सन्यास आश्रमले देवघाटधाम विराट् ज्ञानमहायज्ञ २०७५ आयोजना गर्ने भएको छ । महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत महोत्सव एवं गुरुकुलका ब्रम्हलीन श्री १००८ डाक्टर स्वामी रामानन्द गिरिजी महाराजको स्मृति महोत्सवको अवसरमा महायज्ञ गर्न लागिएको हो ।

माघ २२ गतेदेखी फाल्गुन १ गते सञ्चालन हुने महायज्ञ आयोजक मूल समितिले सोमबार दमौलीमा एक कार्यक्रम गरी ज्ञान महायज्ञ बारे जानकारी दिएको हो । देवघाटको धार्मिक तथा सांस्कृतिक महत्वका प्रचारप्रसार, वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण संवद्र्धन, समाजमा आध्यात्मिक चेतनाको पुन जागरण गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको महायज्ञ आयोजक मुल समितिले जनाएको छ ।

महायज्ञमा चतुर्वेद पाठ पारायण, महारुद्राभिषेक, ब्रम्हगायत्री लक्षहवन, १०८ श्रीमदभागवत महापुराण पारायण लगायतका अनुष्ठान हुने बताइएको छ । कार्यक्रममा महेश सन्यास आश्रमका पिठाधिश १००८ वामी रमणानन्द गिरिजी महाराजले विश्वका सम्पुण मानिस भन्दा नेपाल र नेपाली पुथक रहेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले विराट महायज्ञमा शान्ति सुरक्षाको कुनै कमजोरी हुन नदिने बताए

कार्यक्रममा व्यास क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, व्यास अध्येता काशिनाथ न्यौपाने, महेश सन्यास जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रघुनाथ पौडेल, नेकपाका नेता राजेन्द्र ढकाल लगायतले देवघाटको धार्मिक महत्वका बारेमा चर्चा गर्दै बैदिक सनातन धर्मको संरक्षणको लागि यस्तो अुनष्ठानले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.