देशको अर्थतन्त्र गम्भिर अवस्थातर्फ !

काठमाडौं । अहिले मुलुकको अर्थतन्त्रमा माग तथा आपूर्तिको चक्रसमेत प्रभावित भएको उद्योगीहरू बताउँछन् । अहिले बजारमा थुप्रै उपभोग्य तथा निर्माण सामग्रीको मागसमेत घटेको उद्योगीहरूको भनाइ छ । बजेटले मोबाइललगायत थुप्रै वस्तुले पाउँदै आएको भ्याट फिर्तालाई खारेज गरिदिएको छ । यसले मोबाइल आयात तथा व्यापार प्रभावित भएको व्यापारीहरू बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अटोमोबाइल ऋणमा लगाइएको क्यापका कारण आयात प्रभावित भएको छ । फलामे छड, आल्मुनियमलगायत केही निर्माणजन्य साम्रगीको व्यापारसमेत घटेको छ । ‘अनुकूल व्यावसायिक वातावरण भएका बेला पनि उद्योग–व्यवसाय उत्साहप्रद हुन सकेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने ।

तरलताको समस्याले बजारको चक्र अवरुद्ध भएको गोल्छाको तर्क छ । ‘निर्माण क्षेत्रमा वस्तुको माग घटेको छैन, तर रकम अभावमा उद्योगहरूले आपूर्ति गर्न सकेका छैनन् । उपभोग्य सामानहरूको होलसेल बिक्री धेरै नै घटेको छ,’ उनले भने । दसैँपछि अटोमोबाइलको आयात पनि नाटकीय रूपमा घटेको र आयातकर्ता तथा उत्पादकले बजारमा सामान नै पठाउन नसकेको उनले बताए । ‘व्यवसायीहरूले बाध्य भएर स्टक घटाइरहेका छन्,’ उनले भने ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४÷७५ मा दर्जनभन्दा बढी औद्योगिक वस्तुको उत्पादन ४ प्रतिशतदेखि ८९ प्रतिशतसम्मले घटेको छ । औद्योगिक वातावरण अनुकूल बन्दै गइरहेका वेला औद्योगिक उत्पादन भने घटेको सरकारी तथ्यांकले देखाएको छ । समीक्षा वर्षमा प्रशोधित छालाकोे उत्पादन ८९.७ प्रतिशतले, चामल ६५.८ प्रतिशतले, चिरेको काठको उत्पादन १.५ प्रतिशतले, कागजको उत्पादन २.५ प्रतिशतले र रोजिनको उत्पादन ४२.९ प्रतिशतले घटेको छ ।

त्यस्तै, प्लास्टिकको उत्पादन ७.९ प्रतिशत, आल्मुनियम उत्पादन १३.८ प्रतिशतले र जुत्ताको उत्पादनमा ४.७ प्रतिशतले ह्रास आएको छ । सोहि अवधिमा जीआईतारको उत्पादन २१.८ प्रतिशतलेघ ट्न गएको छ भने वनस्पती घ्यू तथा तेल समूहको उत्पादनमा १९.१प्रतिशतले ह्रास आएको छ । चालु आवमा समेत औद्योगिक उत्पादन उत्साहप्रद नरहेको उद्योगीहरूले बताएका छन् । बजारमा माग नै कम देखिएका कारण उद्योगको उत्पादन समेत न्यून देखिएको एक उद्योगीले बताए ।

पछिल्ला वर्षहरूमा नेपालको वित्तीय प्रणाली लगानीयोग्य तरलता अभावको समस्याबाट गुज्रिरहेको छ । बैंकहरूले मागअनुसार कर्जा प्रबाह गर्न सकेका छैनन्, स्रोत बढाउन नसक्दा कर्जा–निक्षेपमा सन्तुलन कायम गर्न सकेका छैनन् । सोधानान्तर अवस्था उच्च घाटामा हुँदा बैंकहरूको निक्षेप प्रभावित भएको छ । प्रत्यक्ष वैदेशिक लगानी र बाहिरीय व्यवसायिक ऋण (ईसीबी) पनि बढ्न सकेको छैन ।

बैंकिङ क्षेत्रबाट प्रबाह भएको करीब ६० प्रतिशत कर्जा भोभर ड्राफ्ट, चालु पुँजी, हायर पर्चेज र रियलस्टेटमा गएका छन् । जुन आयात र सोधनान्तरसँग बढी जोडिन्छ । अहिले तुलनात्मकरुपमा पुँजी निर्माणमा सहयोग नगर्ने किसिमको कर्जा प्रबाह बढी भएका कारण पनि नेपालको बैंकिङ क्षेत्रमा क्रेडिट क्रञ्चको समस्या दोहोरिरहेको बैंकरहरूकै स्वीकारोक्ती छ । सोधनान्तर अवस्था सकारात्मक नहुँदासम्म क्रेडिट क्रञ्चको साईकल दोहोरिरहन सक्ने उनीहरू बताउँछन् ।

You might also like

Comments are closed.