पोखरा । द आर्ट अफ लिभिङको आयोजनामा एक हजार युवाहरुलाई उद्यमशीलता र गतिशीलता सम्बन्धी तालिम दिइएको छ । पोखरामा जेठ १६ देखि १८ गतेसम्म तालिम आयोजना गरिएको द आर्ट अफ लिभिङका गण्डकी प्रदेश संयोजक नरेश भट्टराईले जानकारी दिए ।
‘युवाहरुका लागि नेपालमै केही गरौं भन्ने उद्देश्यले उत्प्रेरणा जगाउनका लागि तालिम आयोजना गरिएको हो,’ उनले भने, ‘तालिममा सहभागी एक हजार जना युवाहरुलाई उद्यममा लाग्नका लागि उत्प्रेरणा मिलेको छ ।’ द आर्ट लिभिङ नेपालको आयोजना तथा गण्डकी प्रदेशको स्थानीय व्यवस्थापन र संयोजनमा आयोजना भएको तालिममा देशभरका युवाहरु सहभागी भएको केन्द्रीय अध्यक्ष एस.के. सिंहले बताए ।
तालिमको समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सकारात्मक सोचका साथ अगाडि बढेर उद्यममा लाग्न युवाहरुलाई आग्रह गरे । ‘युवाहरु परम्परागत व्यवसायमा मात्रै लाग्ने होइन,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिएर अगाडि बढ्दा थप सफलता मिल्छ ।’
Comments are closed.