देशभर नेल्टाको चौथो स्थापना दिवस मनाइँदै, कुन जिल्लामा के कार्यक्रम ?

सुरेश कुमार श्रेष्ठ
महासचिव
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रीय कार्यसमिति, काठमाडौं

संस्थाको परिचयः
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) वि.सं. २०७१ साल वैशाख २९ गते स्थापना भएको हो । जिल्ला पशु सेवा कार्यालय गोर्खाका पशु स्वास्थ्य प्राविधिक एवं वरिष्ठ महिला सदस्य सरुणा पोखरेलको अध्यक्षतामा भएको लोकतान्त्रिक पशु स्वास्थ्य सेवा प्राविधिकहरुको प्रारम्भिक भेलाबाट नेपाली काँग्रेसका श्रम विभाग प्रमुख एवं संविधान सभा सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यतामा चितवन जिल्लाको रत्ननगरमा घोषणा गरिएको थियो ।

पशु सेवा क्षेत्रको पहिलो र एक मात्र पेशागत ट्रेड युनियनको रुपमा स्थापना भएको संस्थामा लोकतन्त्रमा आस्थावन पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको पेशागत हकहितको सुरक्षाका लागि पेशागत ट्रेड युनियनको रुपमा संस्था स्थापना भएको हो । अहिले यस संस्थामा ग्रामिण स्तर देखि लिएर विषय विशेषज्ञसम्म (ग्रा.प.स्वा.का. पशु सेवा तथा स्वास्थ्य प्राविधिकहरु र पशु चिकित्सक एव विशेषज्ञहरु) समेटिएका छन् ।

नेपालको राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुरयाउदै आएको कृषि तथा पशु सेवा क्षेत्रको समुचित विकासको लागि पशुपालन व्यवसायको अहम भूमिका रहँदै आइरहेको तथ्य सर्वविदितै छ । पशुपालन क्षेत्रलाई उत्पादनशिल, व्ययावसायीक, सम्मानजनक तथा रोजगारमुलक बनाई गरिवि न्युनिकरण, खाद्य तथा पोषण सुरक्षा, स्वरोजगार प्रवद्धनः तथा औद्योगिक विकासका माध्यामबाट दिगो एवं बृहत्तर आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न पशु पालनको ब्यवसायीकरणबाट मात्रै सम्भव छ ।

त्यसैले नेपाली जनताको आर्थिक स्थिति सुधार गर्न, पशुधनको संरक्षण, सम्बद्र्धन र विकास गर्नका साथै स्वस्थ र स्वच्छ पशुजन्य पदार्थको उत्पादन गरी जनस्वास्थ्यमा समेत सकारात्मक सहयोग पु¥याउन यस संघसंग सम्बन्धित सम्पूर्ण प्राविधिक पक्ष, पशुचिकित्सा, पशुपालन, चरन, पशुविकास फार्म, अनुसन्धान, पशु स्याहार, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन, वन्यजन्तु संरक्षण र अन्य विभिन्न संघ संस्था तथा निजीक्षेत्रमा सेवारत प्राविधिकहरुलाई समेत संगठित पार्दै पशुपालक कृषकको जीवनस्तर उकास्दै देशको विकासमा द्रुततर गति प्रदान गरी सर्वसुलभ तरिकाबाट सेवा जनमानसमा पु¥याउनको लागि पशुपालन तथा पशु स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशिल लोकतान्त्रिक प्राविधिकहरुलाई गोलबद्ध गर्नु आजको मुख्य चुनौति थियो । तर नेल्टाले यि सबै बिषयलाई समेटेर देशको पशु विकासमा थप योगदान पु¥याउने अठोट सहित “नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ” नेल्टा नामक पशुपालन क्षेत्रमा कार्यरत लोकतन्त्रमा आस्थावान प्राविधिकहरुको पेशागत सुरक्षाका लागी पेशागत संस्थाको रुपमा ट्रेड युनियन ऐन २०४९ बमोजिम संस्था स्थापना गरेको छ ।

यो संस्था श्रम तथा वैदेशिक रोजगार विभागमा २०७२ साल जेष्ठ २६ गतेका दिन दर्ता भई दर्ता ३५८ नंबरको संस्थाका रुपमा दर्ता भएको छ । यस संस्थामा १८ हजार भन्दा वढि पशु स्वास्थ्य सेवा प्राविधिकहरुको सहभागिता रहि यस संस्थाको प्रथम माहाधिवेशन समेत सकिएको छ । मिति २०७२ साल फाल्गुणको २८ र २९ गते नेपाली काँग्रेसका महामन्त्री डा। शंशाक कोईरालाको प्रमुख आतिथ्यतामा महाधिवेशन भव्यताकासाथ सु सम्पन्न गरियो । जुन महाधिवेशनमा राष्ट्रभरिका ६३ जिल्लाको ३५० जना केन्द्रिय प्रतिनिधि र प्रर्यवेक्षकहरुको उपस्थिति रहेको थियो । यस संस्थाको साधारण ससदस्य १८ हजार भन्दा वढि रहेको छ भने क्रियाशिल सदस्य तीन हजार रहेको छ । यस संस्थाको चौथो स्थापना दिवस मिति २०७६ साल जेष्ठ २६ गतेको अवसरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाले राष्ट्रव्यापी रुपमा विभिन्न जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना दिवशको अवसरमा विभिन्न मितिमा विभिन्न जिल्ला र प्रदेश कार्य समितिले तपशिलमा उल्लेख भएको रचनात्मक कार्यक्रमहरु संचालन गरि मनाईने छ ।

१, कास्की– भेटेरिनरी विज्ञ सहित व्यवसायिक पशुपन्छी कृषक समुह समिति सहकारीका सदस्यहरु संग पशुपालन गर्दा आई पर्ने समस्या तथा सो को समाधानको उपाय विषयक अन्तरकृया गोष्ठी एवं पहिलो सेवा ग्राहीलाई निःशुल्क औषधि फुलमाला खाधाले स्वागत गर्ने ( २०७६ साल जेष्ठ २६ गते आईतवार दिउसो ०२ वजे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको सभाहलमा )

२, कास्की– निःशुल्क पशु स्वास्थ्य तथा शिविर (जेष्ठ २६ गते आईतवार विहान ०७ वजे कास्कीको पोखरा महानगरपालिका वडा नं २० आटिघर, मौजामा ) ।

३, स्याङजा– फार्ममा निशुल्क औषधि वितरण एवं पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जुनोटिक रोग सम्वन्धि कक्षा संचालन (जेष्ठ २५ र २६ गते शनिवार र आईतवार स्याङ्गजा )

४, मकवानपुर– पहिलो सेवाग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुर ) । जिल्लाकै दुर्गम गाउँमा निशुल्क औषधि वितरण ।

५, कैलालि– आमाको माया अनाथ आश्रमका विधार्थिहरुलाई शैक्षिक सामग्रिहरु वितरण (जेष्ठ २६ गते आईतवार धनगढि उपमहानगरपालिका ५० । यसबाहेक पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलाली ) ६, सर्लाही– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाही )

७, वाजुरा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा ) निशुल्क पशु स्वास्थ्य शिविर संचालन वाजुरा ।

८, तनहुँ– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ ) र व्यवसायिक गाई फार्महरुमा निःशुल्क औषधि वितरण तनहु ।

९, गोरखा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखा र गोरखानगरपालिका पशु सेवा शाखामा )

१०, नवलपरासी– पहिलो सेवाग्राहीलाई फूलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय नवलपरासी ) ।

यसबाहेक पशु पालक कृषकहरु र सरोकारवालाहरुसंग पशुपालनमा नेल्टाको भुमिका विषयक अन्तरकृया कावासोतीमा र नि:शुल्क औषधि वितरण ।

११, पर्वत– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ मोदि गाउपालिका एवं फलेवास नगरपालिका पशु सेवा शाखा पर्वत )
१२, वागलुङ्ग– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान तथा अन्तरक्रिया (जेष्ठ २६ गते जैमुनि नगर पालिका पशु सेवा शाखा )
१३, म्याग्दी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र वेनि नगरपालिका पशु सेवा शाखा म्याग्दी )
१४, मुस्ताङ– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार घरझोङ्ग गाउपालिका पशु सेवा शाखा मुस्ताङ )
१५, मनाङ– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान गर्ने । (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय मनाङ्ग )
१६, पाल्पा– निशुल्क पशु स्वास्थ्य शिविर संचालन तथा पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवं सम्मान कार्यक्रम । ( जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा गाउपालिका एवं नगरपालिका पशु सेवा शाखाहरुमा)
१७, गुल्मी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मी र गाउ तथा नगरपालिका पशु सेवा शाखाहरुमा )
१८, अर्घखाँची– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय अर्घाखाँची एवं गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा )
१९, कपिलवस्तु– पशुपालक कृषकहरुसंग अन्तरकृया तथा पहिलो सेवा ग्राहिहरुलाई सम्मान तथा निःशुल्क औषधि वितरण (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु एवं गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा )
२०, चितवन– पशु स्वास्थ्य शिविर संचान एवं निशुल्क औषधि वितरण एवं पहिलो सेवा ग्राहीहरुलाई फुलमाला सहित सम्मान सहित निःशुल्क औषधि वितरण एवं विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा (जेष्ठ २६ गते आईतवार चितवन)
२१, बारा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय बारा एवं नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा)
२२, पर्सा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा एवं नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा )
२३, रौतहट– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट एवं विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा )
२४, धनुषा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषा एवं विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा )
२५, महोत्तरी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय महोत्तरी) एवं नगरपालका गाउपालिका पशु सेवा शाखाहरुमा ।
२६, सिराहा– अन्तरकृया कार्यक्रम (जेष्ठ २६ गते आईतवार लाहान ) र पहिलो सेवा ग्राहिलाई सम्मान तथा औषधि वितरण । विभिन्न नगरपालिका गाउपालिका पशु सेवा शाखाहरुमा ।
२७, सप्तरी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरी )
२८, उदयपुर– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुर) एवं विभिन्न गाउ तथा नगरपालिका पशु सेवा शाखाहरुमा ।
२९, सुनसरी– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी) एवं गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा ।
३०, मोरङ्ग– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ्गमा एवं विभिन्न पशु सेवा शाखाहरु स्थानिय तहहरुम)
३१, झापा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार शुक्रवार झापा) यसबाहेक पशु स्वास्थ्य शिविर समेत सञ्चालन हुनेछ ।
३२, धनकुटा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार शुक्रवार धनकुटा र स्थानिय तहरुमा रेविज खोप संचालन गर्ने )
३३, संखुवासभा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा) एवं विभिन्न गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा ।
३४, तेह्रथुम– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार तेह्रथुम)
३५, भोजपुर– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भोजपुर)
३६, पाँचथर– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथर) एवं गाउ तथा नगरपालिका पशु सेवा शाखाहरुमा ।
३७, ताप्लेजुङ्ग– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ्ग) एवं गाउपालिका नगरपालिका पशु सेवा शाखाहरुमा
३८, काठमाडौ– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, एवं विरुवा सार्ने (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय काठमाण्डौं) र वगैचा रोप्ने कार्यक्रम
३९, ललितपुर– अस्पतालका विरामीहरुलाई फलफुल तथा जुस वितरण (जेष्ठ २५ र २६ गते शनिवार र आईतवार साथै पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण । विभिन्न स्थानिय तहका पशु सेवा शाखाहरुवाट ।
४०, रसुवा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ गते शुक्रवार जिल्ला पशु सेवा कार्यालय रसुवा )
४१, दाङ– पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवं सम्मान कार्यक्रम एवं वृद्ध वृद्धाहरुलाई फलफुल वितरण कार्यक्रमः जेष्ठ २५ गते शनिवार र २६ गते आईतवार एवं विभिन्न स्थानिय तहका पशु सेवा शाखाहरुवाट ।
४२, वर्दिया– पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवं सम्मान कार्यक्रम (जेष्ठ २६ गते आईतवार वर्दिया )
४३, सुर्खेत– पशु स्वास्थ्य शिविर (जेष्ठ २५ र २६ गते शनिवार र आईतवार सुर्खेत ) एवं पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवं सम्मान कार्यक्रम ।
४४, सल्यान– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्यान )
४५, दैलेख– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दैलेख)
४६, जाजरकोट– जेलमा रहेका कैदी बन्दीहरुलाई फलफुल वितरण (जेष्ठ २६ गते आईतवार कारागार कार्यालय खलङ्गगा ) र पहिलो सेवा ग्राहिलाई निशुल्क औषधि वितरण एवं सम्मान कार्यक्रम ।
४७, बाँके – पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके )
४८, रुकुम– पशु स्वास्थ्य शिविर र पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुकुम )
४९,  रोल्पा– पशु स्वास्थ्य शिविर पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते रोल्पा )
५०, डोल्पा– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोल्पा )
५१, हुम्ला– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हुम्ला )
५२, मुगु– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुगु )
५३, कालिकोट– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कालिकोट )
५४, जुम्ला– (जेष्ठ २६ गते आईतवार कालिकोट ) र पहिलो सेवा ग्राहिलाई सम्मान तथा निशुल्क औषधि वितरण कार्यक्रम ।
५५, प्युठान– पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान (जेष्ठ २६ गते आईतवार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्युठान खलङ्गगा)
५६, अक्षाम– पशु स्वास्थ्य शिविर र पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २५ र २६ गते शनिवार र आईतवार अक्षाम )
५७, डडेलधुरा– पशु स्वास्थ्य शिविर र पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६गते आईतवार डडेलधुरामा )
५८, खोटाङ – विद्यालयका विधार्थिहरुलाई जुनोटिक रोग सम्वन्धि कक्षा संचालन एवं पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान, (जेष्ठ २६ गते आईतवार खोटाङ)
५९, रुपनदेहिः निःशुल्क पि पि आर खोप लगाउने र पहिलो सेवा ग्राहिलाई फुलमाला र औषधि प्रदान गरि सम्मान गर्ने २०७६ जेष्ठ २५ र २६ गते ।
६०, ईलाम – पहिलो सेवा ग्राहीलाई सम्मान सहित निःशुल्क औषधि वितरण एवं कृषकहरुसंग अन्तरकृया चुलाचुलि गाउपालिका पशु सेवा ईलाम एवं अन्य पशु सेवा शाखाहरुमा समेत ।
धन्यवाद

You might also like

Comments are closed.