पोखरा, २२ पुस । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आयोजनामा देशभर हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता भएको छ ।
डिष्ट्रिक्ट अन्तर्गत प्रत्येक क्लब प्रतियोगितामा सहभागी रहेको क्याविनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए । पोखरा, काठमाडौं र मोफसल गरि ४२ स्थानमा प्रतियोगिता भइरहेको छ ।

लायनहरूको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता निकै उपयोगी हुने डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले बताए । डिष्ट्रिक्टको वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो ।
Comments are closed.