देशमा अझै पनि प्रेस स्वतन्त्रता हुन नसकेको वक्ताहरुको गुनासो

 

पोखरा २१, वैशाख

मुलुकमा लोकतन्त्र स्थापना भए पनि हालसम्म प्रेस स्वतन्त्रता हुन नसकेको वक्ताहरुले गुनासो गरेकाछन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको प्रेस स्वतन्त्रताको वर्तमान अबस्था, हाम्रो अधिकार र जिम्मेवारी बिषयक अन्तक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले देशमा अझै पनि प्रेस स्वतन्त्र हुन नसकेको गुनासो गरेका हुन् ।

राज्यले स्वतन्त्र प्रेस माथि दमन गर्न खोजेको, केही पत्रकारबाटै पत्रकारहरु माथि धम्की दिने गरेको, स्वतन्त्र पत्रकारिताको धर्म र मर्म विपरित राज्यले कानुन बनाएर आम नागरिकको सु–सुचित हुने अधिकार बन्चित गराउन लागेको वक्ताहरुले बताएका हुन् । महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य प्रसाद पौडैलले यस बर्ष ६० वटा घटनामा ७७ जना पत्रकार पिडित हुन पुगेको बताए । पत्रकार माथि बिद्युतीय कानुन ऐन लागु गरेर स्वतन्त्र पत्रकारीता माथि राज्यले दमन गर्न खोजेको उनको भनाइ थियो । पत्रकार अर्जुन गिरीले तथ्यका आधारमा समाचार लेखेकै कारण आफु जेल जानु परेको घटना बारे जानकारी गराउदै हाल देशमा स्वतन्त्र पत्रकारिता नभएको दाबी गरे । उनले भने “ हामीले आम नागरिकको लागि स्वतन्त्र पत्रकारिता गर्ने हो, जहाँ बेतिथि र भ्रष्टचार भएको छ, त्यसका बिरुद्ध हामीले समाचार लेख्दा जेल जानु पर्ने यो कस्तो मुलुक हो, यो कस्तो ब्यबस्था हो ।” केही समय अघि साइबर अपराधको मुद्दा लगाएर गिरीलाई पक्राउ गरिएको थियो भने पत्रकारले देश व्यापी रुपमा बिरोध जनाए पछि उनलाई साधारण तारेखमा छाडिएको हो । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको संचालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा सहभागिहरुले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको समेत माग गरेकाछन् ।

विश्वमा प्रेस स्वतन्त्रता दिवस १९९३ को डिसेम्वर २० मा सँयुक्त राष्ट्रसंघको साधारण सभाको निर्णय अनुसार प्रत्येक वर्ष को मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको पाइन्छ । ती उद्देश्यमा प्रेस स्वतन्त्रता दिवस मनाइने गरेको छ । मौलिक सिद्धान्त स्थापनाको वर्षगाठ मनाउने, पेसागत अभ्यासमा ज्यान गुमाएका विश्वभरका पत्रकारहरु प्रति श्रद्धाञ्जली, प्रेस स्वतन्त्रताको विश्वव्यापी मूल्यांकन र प्रेस स्वतन्त्रतामा हुने हमलाबाट मिडियाको बचावट रहेका छन् ।

You might also like

Comments are closed.