देहरादुन कारमान फुटबल एकेडेमीका प्रशिक्षार्थीहरु सहारा एकेडेमीमा

आर्थिक आवाज
पोखरा, २७ पुस । भारत देहरादुनस्थित कारमान फुटबल एकेडेमीमा प्रशिक्षणमा रहेका यूवा फूटबलर र प्रशिक्षकले शुक्रबार पोखरा १७ दोबिल्लास्थित सहारा एकेडेमीको भ्रमण गरेका छन् । कारमान फुटबल एकेडेमीका फुटबल प्रशिक्षक नरेन्द्र क्षेत्री थापा सहित पोखरा आएको टोलीलाई सहारा एकेडेमीमा सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली, वरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ लगायतले स्वागत गरेका थिए ।

सो अबसरमा कारमानका प्रशिक्षक क्षेत्रीले सहारा क्लबद्वारा संचालित र त्यहाँ आश्रित बालकहरुलाई व्यवस्थित रुपमा एकेडेमी संचालन गरेर फुटबल प्रशिक्षण प्रदान गरेकोमा आफूलाई निकै खुसी लागेको बताए । सहारा क्लबले फुटबलको विकासका लागि गरेको प्रयासको प्रंशसा गर्दै उनले आगामी दिनमा सहारा एकेडेमीका बालकहरुलाई देहरादुनमा मैत्रीपूर्ण फ्ुटबल खेल्न निमन्त्रणा समेत दिएका छन् ।

कारमान टोलीलाई स्वागत गर्दै पूर्व अध्यक्ष थकालीले भ्रमणको आदान प्रदानले यूवा फुटबलरहरुले नयाँ कुरा सिक्ने मौका पाउने बताए । उनले क्यारामान बाट निमन्त्रणा पाएमा सहारा एकेडेमीमा आश्रित बालकहरुलाई देहरादुन भ्रमण गराउने बताए । भेटघाटका अबसरमा दुबै एकेडेमीका तर्फबाट मायाको चिनोको आदान–प्रदान गरेका थिए । सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीमा विभिन्न जिल्लाका गरिब तथा विपन्न परिवारका २८ जना बालकहरुलाई आश्रय दिनुका साथै नियमित फूटबल प्रशिक्षण दिंदै आएको छ ।

You might also like

Comments are closed.