दोसो लियो कप सुरु, आज पाँच खेल सम्पन्न

पोखरा, ३ फागुन
लियो क्लब अफ तनहुँको आयोजनामा दोस्रो लियो कप २०१९ शुक्रवारबाट सुरु भएको छ । कार्याक्रमको उद्घाटन गदै लायान्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३ सय २५ बी १ नेपालको डिष्ट्रिक गर्भनर लायन अशोक कुमार श्रेष्ठले लायन्सले सामाजिक क्षेत्रमा ठुलो योगदान गरेको बताए । विशेष गरी भिन्न क्षमता भएका व्यक्तिहरुलाई सहयोगलाई लायन्स क्लबले प्रथामिकता दिएको बताए ।

प्रतियोगितामा उक्त प्रतियोगितामा लायन्स, लियो, रोट्रयाक्ट, जेसिस र पत्रकार महासंघ गरि ९ टिमको सहभागिता रहेको छ ।  आज भएको पहिलो खेलमा लायान्स क्लब अप भानुभक्त र आयोजक बीच भएको खेलमा ३–४ को अन्तरमा आयोजक जितेको छ । त्यस्तै दोस्रो खेल नेपाल पत्रकार महासंघ तनहँु र आयोजक ए बीच भएको थियो । जसमा १–३ को अन्तरमा आयोजक ए विजेता भएको हो ।

त्यस्तै तेश्रो खेल लायान्स क्लब अफ तनहँु व्यास सिटी र लायन्स क्लब अफ तनहँु दमौली बीच भएको खेलमा ०–२ को अन्तरमा लायन्स क्लब अफ तनहँु दमौली विजेता भएको हो । चौथौं खेल जेसी आई व्यास नगर र रोट्राक्क बीच भएको खेलमा ३ –२ को अन्तरमा जेसीआई विजेता भएको हो । पाँचौ खेलमा आयोजक बी र लायान्स क्लब तनहँु बीच भएको खेलमा २ को अन्तरमा आयोजक बी विजेता भएको खेल संयोजक सुनिल मिश्रले जानकारी दिए । भोली प्रतियोगिताको फाईन हुने आयोजकले जनाइएको छ ।
तनहुँको दमौलीमा रहेका विभिन्न अन्तराष्ट्रिय क्लबहरु बीच भाइचारा र खेलकुदको माध्यमबाट सामाजिक काम गर्ने उद्देश्यले सो प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार र दोस्रो हुने टिमले १५ हजार पुरस्कार तय गरेको छ । जसमध्य प्रथम पुरस्कारबाट १० हजार र दोस्रो पुरस्कारबाट ५ हजार भिन्न क्षमता भएका बालबालिका लाई सहयोग गर्ने आयोजकले जनाएको छ । प्रथम पुरस्कारबाट १० हजार सिन्धु आधारभुत विद्यालय सांगे र दोस्रो पुरस्कारबाट ५ हजार व्यास१ मा रहेको बुद्ध दाहाल प्रावि लाई दिने क्लबले तय गरेको छ । यसै बीच आयोजकले गोला प्रथा नगरि मनोमानी ढङग बाट प्रतियोगिता गराएको सहभागि खेलाडीहरुले जनाएका छन् ।

You might also like

Comments are closed.